बुधवार, आश्विन ७ २०७७Sep 23 2020
  • बुधवार, आश्विन ७ २०७७

महासंघले भन्यो- सार्वजनिक यातायात चल्दैन,माग पुरा नगरे चावी बुझाउने !

महासंघले भन्यो- सार्वजनिक यातायात चल्दैन,माग पुरा नगरे चावी बुझाउने !

images
  • आइतवार, भाद्र ७ २०७७

  • 685
    SHARES

  • महासंघले भन्यो- सार्वजनिक यातायात चल्दैन,माग पुरा नगरे चावी बुझाउने !

    आइतबारदेखी सार्वजनिक यातायात संञ्चालनमा आउने भन्ने समाचार प्रकाशित भएपछि सार्वजनिक यातायात केन्द्रिय महासंघले त्यस्तो कुनै निर्णय नभएको जनाएको छ । असार २१ गतेदेखी सार्वजनिक यातायात चल्ने भन्ने हल्लामा कुनै सत्यता नरहेको भन्दै महासंघले आफुहरुको माग साउन ७ भित्र पुरा नगरे ८ गते सम्पूर्ण सवारीको चावी सरकारलाई बुझाउने चेतावनी समेत दिएको छ । सार्वजनिक यातायातका सवारी साधन तीन महीनादेखि ग्यारेजमा  खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेकोमा पनि  व्यवसायीले गुनासो गरेका छन् । खुला रुपमा सडक वा अन्य स्थानमा राखिएका सवारीको टायर लगायत पार्टपुर्जा फेर्नुपर्ने अवस्थामा पुगेको महासंघले जनाएको छ । सार्वजनिक सवारीसाधन धनीहरू एकातिर  ऋण र ब्याज कसरी तिर्ने भन्ने चिन्तामा छन् भने अर्कोतिर यातायात कसरी संचालन भन्ने चिन्तामा समेत रहेको छ ।

    महासंघले गत चैतदेखि आउँदो असारसम्मको सम्पूर्ण कर, राजश्व, बैंक ब्याज मिनाह गरी कर्जा किस्ता एक वर्ष थप गर्न समेत सरकारसंग पटक-पटक माग गरेको थियो । करिब देशभर ३ लाख सार्वजनिक यातायात सञ्चालनमा रहेका  छन् । सरकारले कोरोना संकटमा कसरी सार्वजनिक यातायात संचालन गर्ने भन्ने निर्देशिका समेत तयार पारिसकेको छ भने त्यो निर्देशिकाप्रति महासंघले आपत्ति जनाएको छ । अहिलेको विषम परिस्थितिमा यो व्यवसायका लागि सरकारले कुनै पनि योजना निर्माण नगरेको र नगर्ने हो भने साउन ८ गतेदेखि देशभर आन्दोलन गर्ने चेतावनी समेत महासंघले दिएको छ । सरकारले विषम परिस्थितिलाई हेरेर बैङ्कको ब्याज र किस्तालाई सहुलियत दिनुपर्नेमा अहिलेसम्म कुनै नीति तथा योजना नल्याएको भन्दै आफुहरुलाई आन्दोलनमा जान सरकारले नै बाध्य पार्न लागेको महासचिब नेपालले बताए ।

    images
    images

    सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने व्यवस्था गरेपनि  यात्रु आफैंले स्यानिटाइजर बोकेको हुनुपर्ने र मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने सरकारको निर्देशिकामा उल्लेख गरिएको छ । तर त्यो गरेपनि पूर्ण सुरक्षाको ग्यारेन्टी नहुने हुँदा यदि कोहि आकस्मिक बिरामी परे या भेटिए त्यसको समाधान कसरी गर्ने भन्ने सरकारसंग कुनै योजना हुनुपर्नेमा त्यो नभएको उनीहरुको तर्क रहेको छ । बजेटअघि नै सरकारसँग आफ्नो  माग राखेको भएपनि कुनै सम्बोधन नभएकोमा उनले चिन्ता व्यक्त गरे। दैनिक रुपमा गाडीमा डिस-इन्फेक्सन स्प्रे छर्किनु पर्ने, यात्रुले गाडी कुर्दा तथा गाडीको प्रयोग गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने लगायतको प्रस्ताव गरिएको भएपनि त्यो सम्भब नहुने प्रष्ट देखिन्छ । यातायात व्यवस्था विभाग भने  यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वयम यात्रुलाई जिम्मेवार बनाउने गरि निर्देशिका तयार गरिएको बताउछ।

    प्रस्तावित मापदण्डअनुसार सार्वजनिक यातायातमा सिट क्षमताको आधा मात्रै यात्रु चढाइनेछ । केही सञ्चारमाध्याममा असार २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भन्ने समाचार आएकोमा  महासङ्घले यसमा कुनै सत्यता नभएको र  यसबारे अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेको छ । निजि यातायात जोर-बिजोरमा   खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकारले  भेदभाव गरि गम्भीर नभएको महासङ्घको  आरोप छ । यातायात क्षेत्रमा आश्रित परिवार भोकै रहने अस्वस्था आएको भन्दै उनीहरुले सावर्जनिक सवारी मात्र किन रोकियो र  निजीलाई  यात्रु ओसार्न किन दिइएको हो त्यो बारे सरकारले जवाफ दिनुपर्ने माग समेत राखेका  छन्।

    आइतवार, भाद्र ७ २०७७०९:३६:४९

    न्यूज विहानी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology