सोमवार, मंसिर १५ २०७७Nov 30 2020
  • सोमवार, मंसिर १५ २०७७
images

नयाँ आइफोनको पर्खाइमा रहेका एप्पलका फ्यानहरुका लागि खुसीको खबर

नयाँ आइफोनको पर्खाइमा रहेका एप्पलका फ्यानहरुका लागि खुसीको खबर

images
  • बिहिवार, आश्विन २२ २०७७

  • 2.8K
    SHARES

  • नयाँ आइफोनको पर्खाइमा रहेका एप्पलका फ्यानहरुका लागि खुसीको खबर

    काठमाडौं । नयाँ आइफोनको पर्खाइमा रहेका एप्पलका फ्यानहरुका लागि खुसीको खबर छ । एप्पलले आउँदो मंगलबार आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

    आगामी अक्टोबर १३ मा आयोजना हुने एक समारोहका लागि एप्पलले मंगलबार निम्तो पठाएको छ । उक्त निम्तोलाई एप्पलले हाइ स्पिड निमन्त्रणा भनेको छ ।

    अक्टोबर १३ मा एप्पलले आफ्नो आइफोनको नयाँ संस्करण आइफोन–१२ सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । आइफोन–१२ फाइभ जी कनेक्टिभिटी भएको एप्पलको पहिलो आइफोन हुनेछ ।

    फाइभ जी कनेक्टिभिटीका कारण आइफोन–१२ ले बजारमा तहल्का पिट्ने र प्रयोगकर्ताहरुको पहिलो रोजाइमा पर्ने विश्लेषण विज्ञहरुले गरेका छन् ।

    एप्पलले सामान्यतयाः हरेक वर्ष सेप्टेम्बर महिनामा आफ्नो आइफोनको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको थियो । तर यस वर्ष गत सेप्टेम्बरमा आयोजित समारोहमा एप्पलले अन्य ग्याजेट सार्वजनिक गरे तापनि आइफोन ल्याएन ।
    सेप्टेम्बरमा एप्पलले आफ्नो नयाँ आइप्याड तथा एप्पल वाच लगायतका प्रडक्टहरु सार्वजनिक गरेको थियो ।

    कोरोना भाइरस महामारीका कारण उत्पादन तथा आपूर्ति सञ्जालमा अवरोध भएका कारण एप्पलले गत महिना आइफोन–१२ सार्वजनिक नगरेको हुनसक्ने बताइएको छ ।

    –सिएनएनबाट

    बिहिवार, आश्विन २२ २०७७०१:२१:०१

    एजेन्सी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology