बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020
  • बिहिवार, कार्तिक ६ २०७७
images

नेकपा वरिष्ठ नेता खनाल अस्पताल भर्ना

नेकपा वरिष्ठ नेता खनाल अस्पताल भर्ना

images
  • बिहिवार, आश्विन २९ २०७७

  • 793
    SHARES

  • नेकपा वरिष्ठ नेता खनाल अस्पताल भर्ना

    काठमाडौँ । सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। रक्तचाप बढेपछि उनलाई हेम्स अस्पतालमा बुधबार दिउँसो करिव चार बजे भर्ना गरिएको हो।

    खनालका प्रेस संयोजक कृष्ण भट्टराईका अनुसार अहिले खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको चिकित्सकहरुले बताएका छन्।

    images
    images
    images

    तर घरमा आएपछि भेटघाटलगायतमा व्यस्त हुनुपर्ने अवस्था आउने भएकाले उनी बिहीबार साँझसम्म अस्पतालमै रहनु पर्ने चिकित्सकहरुको सुझाव लागू गरेको भट्टराईको भनाई छ।

    खनालले बिहीबार बिहान ‘मर्निङ वाक’मा गएका बेला रक्तचाप बढेपछि असहज महशुस गरेका थिए। स्वास्थ्य सामान्य अवस्था आउन सक्ने भन्दै केही घण्टा प्रतिक्षा गरेपनि त्यस्तो संकेत नदेखिएपछि खनाल हेम्स अस्पतालमा पुगेर भर्ना भएका हुन्।

    अस्पतालमा भर्ना हुनुअघि खनालको पीसीआर परीक्षणसमेत गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ। पार्टीमा भइरहेको उत्तारचडावकाबीच खनालको स्वास्थ्यमा समस्या आएको हो।

     

    बिहिवार, आश्विन २९ २०७७११:३८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology