बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020
  • बिहिवार, कार्तिक ६ २०७७
images

कोरोना खेलबाड होइन, यो परिवारलाई सुनौँ

कोरोना खेलबाड होइन, यो परिवारलाई सुनौँ

images
  • शुक्रवार, आश्विन ३० २०७७

  • 1.8K
    SHARES

  • कोरोना खेलबाड होइन, यो परिवारलाई सुनौँ

    तनहुँको भिमाद नगरपालिका ६ का ९८ वर्षीय धर्मकुमार श्रेष्ठ कान्छा छोराको चितवनस्थित घरमा बसिरहेका वेला ११ असोजमा बेहोस भए । परिवारजनले उनलाई तत्कालै चितवन मेडिकल कलेज लगे । आइसियूमा राखेर उपचारपछि उनी घर फर्किए, तर फर्कँदा कोरोना पनि घर भित्रियो ।

    धर्मकुमार अस्पतालमा भएको वेला परिवारका सदस्य पनि उनलाई भेट्न गएका थिए । उनीहरूमा पनि एक-एक गरेर संक्रमण देखियो । अस्पताल जाँदा कोरोना सरेछ । एक-दुई गर्दागर्दै परिवारका १० जनालाई संक्रमण भयो, नाति सुमन श्रेष्ठ भन्छन् ।

    images
    images
    images

    कोरोना लागेमा आत्तिनुपर्दैन, घरमै आइसोलेसन बसे पनि सुरक्षित भइन्छ, बेहोस हुने जस्तो भए मात्र अस्पताल जानुहोला, सरकारको निर्देशन छ । श्रेष्ठ परिवारले पनि घरमै बसे सुरक्षित होइने भन्ने ठान्यो । तर, सरकारमा बसेका ठूलाबडाको गैरजिम्मेवार कदमका कारण हामीले ठूलो मूल्य चुकाउनुपर्‍यो, एक सातामा तीनजनाको निधन भएको छ, सातजना गम्भीर अवस्थामा हुनुहुन्छ, सुमन भन्छन् ।

    धर्मकुमार घर फर्किनुअघि उनका छोराहरूलाई कोरोना संक्रमण भइसकेको थियो । उनीहरू बाबुलाई भेट्न अस्पताल जाने आउने गरेका थिए । सुरुमा उनीहरू होम आइसोलेसनमा बस्ने कोसिस गरेका थिए । ७१ वर्षीय छोरा विष्णुकुमारलाई संक्रमण देखियो । सुरुमा होम आइसोलेसनमा बस्नुभयो, गम्भीर हुँदै गएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । १९ असोजमा उहाँको ज्यान गयो, ज्वाइँ शंकरनारायण श्रेष्ठ भन्छन् ।

    भाइ विष्णुकुमार चितवन मेडिकल कलेजमा उपचारकै क्रममा रहेको वेला ७४ वर्षीय दाजु कृष्णकुमारलाई काठमाडौंको बी एन्ड बी अस्पतालमा भर्ना गरिएको थियो । भाइको निधन भएको पाँच दिनपछि २४ असोजमा दाजुको निधन भयो ।

    छोराहरू अस्पतालमा भएकै वेला धर्मकुमारलाई कोरोना देखिएको थियो । उनी पनि सिकिस्त हँुदै गए । उपचारका लागि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । छोरा कृष्णकुमारको निधन भएको अर्को दिन अर्थात् २५ असोजमा उनको पनि निधन भएको छ ।

    कोरोनाले एकैपरिवारका तीनजनाको ज्यान गएपछि धर्मकुमारको परिवार मात्रै होइन, भिमाद नै शोकमा डुबेको छ । गाउँ नै पिरोलिएको छ । यो परिवारका सातजना अहिले पनि कोरोनासँग लडिरहेका छन् ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

    शुक्रवार, आश्विन ३० २०७७०७:३५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology