बुधवार, कार्तिक १२ २०७७Oct 28 2020
  • बुधवार, कार्तिक १२ २०७७
images

यो साता यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

यो साता यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

images
  • शनिवार, कार्तिक १ २०७७

  • 16.7K
    SHARES

  • यो साता यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): यो साता शुभ काममा मन जानेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक,सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिने छ । यो साताका लागि शुभअङ्क ४,५ र शुभरङ्ग गुलाबी वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    images
    images
    images

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): यो साता नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । रोकिएको धन हाता पर्न सक्छ र सुखद् यात्राको योगपनि छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । यो साताका लागि शुभअङ्क १,४ र शुभरङ्ग सेतो वा निलो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता बगलामुखीको स्मरण गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): यो साता कला,साहित्य, संस्कृति तथा संगीतमा रुचि बढ्नेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । कामगर्ने जोश,जाँगर र हिम्मत बढ्नेछ । प्रेम मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग नीलो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको ध्यानगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : यो साता वाहन लाभको योग छ र भौतिक सुखमा बढोत्तरी हुनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग गुलाबी वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : यो साता मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक र खुसीको यात्रा हुनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । झंझटीलो कार्यमा समय खेरा जाला । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : यो साता धार्मिक र सांस्कृतिक र शुभ कार्यमा सरिक हुने सम्भावना छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आफन्त संग रमणीय र सुखद् यात्राको योग छ । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । मध्य सातामा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग गुलाबी वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन, पूजा वा स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : यो साता मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । रमाइलो यात्राको योग रहेको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । वाहन लाभ पनि हुनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि महाकालीजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : यो हप्तामा नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । सानातिना बाधा इलागेपनि काम रोकिने छैन र कार्य सम्पादनमा सहजता मिल्दै जानेछ । साताको मध्ययबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग घ्युरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : यो साता पुनर्मिलनको योग रहेको छ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ । फलदायी यात्रा र शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क २,४ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व नवदुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : यो साता अरुको मन जित्न सकिनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । यो साताका लागि शुभअङ्क ४,८ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : यो साता बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मनमा उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विहिवारबाट यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग खैरो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : साताको सुरुवाती दिनमा अपजस मिल्नसक्ने भएकाले सजग रहनुपर्ला । नियमित खर्चसमेत बढ्ने योग छ । सोमवारबाट धन र व्यवहारमा फाइदा हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । भक्ति र आस्थापनि बढ्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग सिन्दुरे वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

    (अधिक जानकारीको लागि . ज्यो.प. नारायणप्रसाद दुलाल- ९८४९५५९५०२ )

    शनिवार, कार्तिक १ २०७७०६:४२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology