बुधवार, कार्तिक १२ २०७७Oct 28 2020
  • बुधवार, कार्तिक १२ २०७७
images

पर्सामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

पर्सामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

images
  • शनिवार, कार्तिक १ २०७७

  • 697
    SHARES

  • पर्सामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

    प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा पर्सा जिल्लाको बिरगन्ज महानगरपालिकास्थित वडा नं ०९ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । पर्सास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरले आश्विन २९ गते देखि कारोबार सुरु गरेको छ । 

    नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो  सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

    images
    images
    images

    प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले बताएको छ । प्रभु बैंकले २०९ वटा शाखा कार्यालय, १९४ वटा ATM, ५४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत  अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

    शनिवार, कार्तिक १ २०७७०३:०३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology