बुधवार, कार्तिक १२ २०७७Oct 28 2020
  • बुधवार, कार्तिक १२ २०७७
images

गणेश अपार्टमेन्टमा प्रहरी छापा : २३ किलो सुन बरामद

गणेश अपार्टमेन्टमा प्रहरी छापा : २३ किलो सुन बरामद

images
  • शनिवार, कार्तिक १ २०७७

  • 1.5K
    SHARES

  • गणेश अपार्टमेन्टमा  प्रहरी छापा : २३ किलो सुन बरामद

    वीरगञ्जमा प्रहरीले एक अपार्टमेन्टमा छापा मारेर २२ किलो ५०० ग्राम अवैध सुन बरामद गरेको छ । वीरगञ्ज उपमहानगरपालिका वडा नं ६ स्थित गणेश अपार्टमेन्ट प्रहरीले छापा मारेर २२ किलो ५०० ग्राम सुन बरामद गरेको हो ।प्रहरीले छापा मारेर ठूलो परिमाणमा अबैध सुन बरामद गरेको छ ।

    पर्सा प्रहरीले बीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीस्थित ६ नम्बर गेटमा रहेको गणेश अपार्टमेन्टमा छापा मारेको थियो । विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेर सो परिमाणको सुन बरामद भएको थियो भने,अपार्टमेन्टमा बस्दै आएका भारतीय नागरिक अशोक सिन्हाको फ्ल्याटमा सो सुन फेला परेको थियो।

    images
    images
    images

    प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद भएको छ । सुनका गरगहना पनि बरामद भएको छ, जसको तौल ६८१ ग्राम छ । सबै गरेर २३ किलोभन्दा बढी सुन बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् ।

    यस्तै २ केजी २६२ ग्राम बराबरका चाँदीका गरगहना तथा भाडाकुँडा समेत बरामद भएको छ । सिन्हा भने फेला पर्न नसकेको बताइएको छ । सिन्हा भन्सार क्लियरिङ एजेन्टको नाममा सुन तस्करीमा संलग्न रहदै आएको प्रहरीको आशंका छ ।

    शनिवार, कार्तिक १ २०७७०३:४६:३८

    न्यूज विहानी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology