बुधवार, कार्तिक १२ २०७७Oct 28 2020
  • बुधवार, कार्तिक १२ २०७७
images

रुघाखोकीलाई गर्ने होइन त सधैको लागि बाई?

रुघाखोकीलाई गर्ने होइन त सधैको लागि बाई?

images
  • शनिवार, कार्तिक १ २०७७

  • 1.6K
    SHARES

  • रुघाखोकीलाई गर्ने होइन त  सधैको लागि बाई?

    हामी सबैलाई रुघाखोकी लाग्नु सामान्य हो। तर अहिले रुघाखोकी लाग्दा कोरोना समेत हुन् सक्छ । यो मौसममा रुखाखोकी, ज्वरो, घाँटी दुख्ने जस्ता रोग फैलिएका छन्। यी स-साना भाइरल भइरहने रोगहरुको लागि घरमै उपचार सम्भव पनि छ। सम्भव भएसम्म हामी तपाईलाई यहाँ केही घरेलु खानेकुराको बारेमा जानकारी दिने प्रयास गरेका छौँ । जसले यी बिभिन्न रोगहरुबाट बचाउँछ।

    १. जीरा ,ज्वानो , थोरै बेसार, नून राखी एक गीलास पानी उमालेर सुत्ने बेलामा पिउने गर्दा पनि रुघा खोकीबाट पार पाउन सकीन्छ ।

    images
    images
    images

    २. तोरीको तेलमा एउटा बाल्ने कपूर तताएर छाती वरीपरी लगाएर सुत्दा रुघाखोकी बाट छाती दुख्ने सम्स्याबाट बच्न सकीन्छ ।

    ३. १०० ग्राम अदुवा धुलो बनाउनुस्। दुई तिन चम्चा मह त्यसमा मिसाएर पेस्ट बनाइ दिनको दुइ पटक दुई-दुई चम्चा खानुस्।

    ४. एक कप पानीमा २र४ ल्वाङ, २र४ कालो मरिच अनि एक टुक्रा अदुवा हालेर उमाल्नुस्। अनि एकरएक चम्चा कागतीको रस र मह मिसाएर दिनको २र३ पटक पिउनुस्।

    ५, तातो सूप (चिकेन वा मटन) पिउनुस्।

    ६. गाँजर नियमित खानुस्। यसमा भिटामिन ए, सी र एन्टीअक्सीडेन्टसले निकै फाइदा पुर्याउँछ। गाँजरको रसमा २ चम्चा मह मिसाएर दिनको ३र४ पटक खानुस्।

    ७. मनतातो दुधमा केही दाना मरिच र एक चम्चा मह मिसाएर सुत्ने समयमा पिउनुस्।

    ८. हिंङमा थोरै पानी मिसाएर पेस्ट बनाउनुस्। यसलाई छातीमा लगाएर ओढ्ने ओढेर सुत्नुस्। आधा चम्चा हिगंको धुलो, १ चम्चा अदुवाको धुलो र दुई चम्चा मह मिसाएर दिनको ३-४ पटक खानुस्।

    ९. बिहान उठेपछि काँच्चो लसुनको ३र४ केस्रा चपाएर खानुस्। यसको एन्टी ब्याक्टेरियल विशेषता कफ र खोकी निकोपार्न सहयोगी हुन्छ।

    १०. खुर्सानी अनि मसाला भएको खानाले पनि जम्मा भएको कफबाट मुक्ति दिलाउँछ।

    शनिवार, कार्तिक १ २०७७०७:३२:४४

    न्यूज विहानी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology