सोमवार, मंसिर १५ २०७७Nov 30 2020
  • सोमवार, मंसिर १५ २०७७
images

स्थानिय अबरोधले नबन्ने भो जोरपाटी - साखु सडक ( फोटोफिचर )

स्थानिय अबरोधले नबन्ने भो जोरपाटी - साखु सडक ( फोटोफिचर )

images
  • आइतवार, कार्तिक २ २०७७

  • 2.5K
    SHARES

  • स्थानिय अबरोधले नबन्ने भो जोरपाटी - साखु सडक ( फोटोफिचर )

    चार बर्ष अगाडि २७ महिनामा सक्ने गरि चाबहिल साखु सडक बिस्तार आयोजना अन्तर्गत ब्रम्मखेल सलम्बुटार खण्डको सडक बिस्तार योजना स्थानीयको अबरोधका कारण बन्द भएको छ। बि.टि सुनकोसी ओल्ड्वाइड्ले २३ करोडमा पाएको उक्त ठेक्का समयमै मुआब्जा नपाएको र सर्बोच्चको आदेश अनुरुप मुआब्जा नपाएको भन्दै स्थानीयले आयोजना अबरुद्ध पारेका हुन।

    मुख्य समस्या के हो ?
    काठमाडौ सडक बिस्तार आयोजनाले चाबहिल जोरपाटी साखु सडक बिस्तार योजनामा पाँच ओटा खण्ड बनाई ठेक्का लगाएको थियो । ११ मिटर चौडा रहेको उक्त बाटोलाई २२ मिटर चौडा बनाउने र बिस्तार गर्ने योजनाको पाँच मध्य एक खण्ड ब्रम्मखेल सलम्बुटार तीन किलोमिटर पनि हो। टेण्डर नोटिस जारी गर्दा काठमाडौ सडक बिस्तार आयोजनाले सडकमा पर्ने मध्य जस्को पुरै घरजग्गा सडकमा पर्छ वा सडकमा परेर बचेको जग्गा केहि काम नलाग्ने हुन्छ भने त्यस्ता जग्गा धनिलाई मात्रै नेपाल सरकारले मुआब्जा दिने निति बनाएर टेण्डर नोटिस जारी गरेको थियो ।

    काठमाडौ उपत्यका नगर विकास आयोजनाको मुआब्जा नीति अनुसार केहीले मुआब्जा पाए भने केहीले पाएका थिएनन । यति हुदै गर्दा खुलालटारका स्थानीय जस्को जग्गा सडक बिस्तारमा परेको छ उनिहरु करिब २० जना जग्गा धनिले सडक बिस्तारमा आफ्नु जग्गा परेर अरु बाकी भए पनि नागरिक हक अनुसार सडकमा आफ्नो जति जग्गा परेको छ त्यसको मुआब्जा पाउनु पर्यो भनेर अदालतमा मुद्दा हाले र अदालतले पनि स्थानीयको पक्षमा फैसला गर्यो। अदालतले त्यस्तो फैसला गरेपछि स्थानीयहरु हौसिएर सडक बिस्तार अबरुद्ध गरिरहेका छन।

    के भन्छन् स्थानीय निकाय ?
    ब्रमखेल सलम्बुटार ३ किलोमिटर सडकको धेरै भाग सङ्करापुर नगरपालिकाको वार्ड नम्बर ९ मा पर्दछ। सडक बिस्तार अबरुद्धको बारेमा सङकरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ भन्छन् सडक बिस्तारका धेरै समस्या समाधान भैसकेका छन। अदालतको आदेशले केहि नागरिकलाई दुबिधा खडा गरेको छ।हामी दिनहु स्थानीयसग छलफलमा छौ। धेरैले मुआब्जा पाइसकेका छन।सम्पुर्ण घरजग्गा नै गएका केहि नागरिकले मुआब्जा पाउन बाकी छ।उहाहरुको हकमा म जवानी बस्छु, नगरपालिका बस्छ ,वडा बस्छ। मुआब्जाको ग्यारेन्टी हामी लिन्छौं सडक बिस्तारमा सहयोग गर्नुस भनेका छौ।धेरै स्थानीय सहमत भएको अबस्था छ।अदालतले फैसला गरेपछि पक्कै पनि बाकीले पनि मुआब्जा पाउनु हुन्छ।केहि समय मात्रै लाग्ने हो।

    121696850_1229596347427546_3659290083785204080_n.jpg

    त्यसै गरि उक्त सडक बिस्तार खण्डको धेरै भाग पर्ने वार्ड नम्बर ९ का वडा अध्यक्ष घनश्याम थापाको भनाइ पनि मेयर सग मिल्दोजुल्दो छ।राज्यले तत्काल मुआब्जाको लागि बजेट छैन, नयाँ बजेटमा पैसा हुन्छ भनेको छ। स्थानीयलाई मेरो आग्रह छ की तपाईंको मुआब्जाको जिम्मा वार्डले लिन्छ सडक बिस्तारमा सघाउनुस।यदि अबरुद्ध भैरहन्छ भने जहा सहज छ त्यहा सडक बिस्तार हुन्छ जहा सहज हुदैन त्यहा पुरानै हिसाबले भए पनि बनाउन लगाउने तयारीमा छौ। ठेकदारले काम गर्ने कुरामा केही समस्या छैन,हामीले वातावरण बनाइदिउ भने उहाले १५-२० दिनमै बाटो बनाई सक्नुहुन्छ जस्तो लाग्छ। हामी जति चिन्तित छौ कम्पनी पनि चिन्तित छ।अन्यत्रको ठेक्कामा ठेकेदार भाग्छन हाम्रोमा ठेकेदार बनाउछु भनेर धाउदा पनि हामीले बाताबरण बनाई दिन सकेका छैनौ।

    के भन्छन स्थानीय ?
    ब्रम्मखेल सलम्बुटार सडक खण्डका स्थानीय र सडक बिस्तार योजनामा पिडित मानिसहरु आक्रोशित छन।एउटै गाउँ , एउटै जग्गाको मूल्य ,एउटै बाटो   तर कसैलाई मुआब्जा दिने कसैलाई नदिने किन ? कसैको जमिन धेरै छ भन्दैमा मुआब्जा नपाउने भन्ने छ र? अबत अदालतले मुआब्जा दिनु भनेको छ। सबै सडक बिस्तार पिडितले पुर्ण मुआब्जा नपाई हामी एक इञ्च पनि बाटो बनाउन दिदैनौ। कुरा मिलेको ठाउमा पनि सडक बिस्तार हुन दिन्नौ। एकै स्वरमा खुलालटारका स्थानीय बताउँछन् ।

    121674243_801901697342384_1513078720854893745_n.jpg

    स्थानीयको छलफलमा आएनन् पोते?
    ब्रम्मखेल सलम्बुटार सडक बिस्तार समस्यालाई समाधान गर्ने भनेर स्थानिय निकायले बोलाएको बृहत्तर छलफलमा यस सडक योजनाको मुख्य निकाय काठमाडौ नगर विकास आयोजना प्रमुख दिनेश पोते छलफलमा आउने वचन दिएर पनि नआएको स्थानीय प्रतिनिधि बताउछन् । मुआब्जा लगायतका समस्याको समाधान काठमाडौ उपत्यका नगर विकास आयोजनाले मात्रै सल्टाउन सक्छ। यसरी सम्बन्धित निकायका मुख्य ब्यक्ति नै छलफलमा नआउने हो भने स्थानीयको समस्या कहिले समाधान हुने र बाटो कहिले बिस्तार हुन्छ ? हामीले काठमाडौ नगर विकास निगमका प्रमुख दिनेश पोते र काठमाडौ सडक बिस्तार आयोजनाका डि गुरु प्रसाद अधिकारीसग कुरा गर्न खोजे पनि सम्पर्क हुन सकेन।

    के भन्छन् ठेकेदार ?
    ब्रम्मखेल सलम्बुटार सडक बिस्तार खण्डको ठेक्ङ बि.टी सुनकोसी वल्डवाइडले पाएको हो।उक्त कम्पनीका संचालक नारायण भट्टराई हुन। भट्टराईका अनुसार हामीलाई पुस मसान्तसम्म अन्तिम म्याद दिएर सडक बिस्तारको काम सक्न भनिएको छ। धेरै जसो निर्माण प्रक्रिया ढिलो हुदा ठेकेदार कम्पनीलाई आरोप लगाइन्छ । केहिले बदमासी गरे पनि धेरै टेण्डरको शुरुवाती प्रक्रियाले गर्दा ढिलो हुने गर्दछ। बाटो बिस्तारको टेण्डर दिदा बाटोमा पर्ने जग्गाको मुआब्जा र बिबाद नसुल्झाई दिने गरिन्छ।उस्तै परे मुआब्जा र बिबाद मिलाउदै हामीलाई दिएको ठेक्काको समय सकिन्छ । स्थानीयको अबरोधले ब्रम्मखेल सलम्बुटार सडक बिस्तार गर्न सकिएको छैन। हामी काम सक्न आतुर छौ।

    121537087_979779159191777_6528225683668346445_n.jpg

    तर स्थानीयको अबरोधले काम अघि बढ्न सकेको छैन।स्थानीयको धेरै हकसम्म माग जाहेज छ।यो मागको सम्बोधन छिटै भए हामीलाई सहज हुने थियो ।काठमाडौ सडक बिस्तार आयोजना र स्थानीय निकायका प्रमुखहरुले सहज ठाउँमा योजना अनुरुप र असहज ठाउँमा पुरानै हिसाबले सडक बनाउन पनि भनेका छन। तर स्थानीयको अबरोधले त्यो पनि सम्भावना छैन। कामदार र इन्जिनियरहरु स्थानीयहरुको अबरोधका कारण फर्कनु परिरहेको छ ।हामीलाई प्रेसर दिएर यो वा त्यो समयमा काम सक भनेर मात्रै हुदैन ।हामीलाई निर्धक्क काम गर्न दिने वातावरण चाहियो ।काम ढिला हामीले गर्दा होईन सम्बन्धित निकायले गर्दा हो अब उसले हामीलाई काम गर्ने बाताबरण बनाइदिनुपर्छ।

    आइतवार, कार्तिक २ २०७७०७:१०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to भैरवी मिडिया प्रा लि Site By: SobizTrend Technology