शनिवार, ३० फागुन २०८२

images

शनिवार, ३० फागुन २०८२

शनिवार, ३० फागुन २०८२

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

पोखरेलको स्वस्थानी लोक भजन ‘श्री स्वस्थानी देवी तिमी’ सार्वजनिक

लोकप्रिय लोकभजन गायक टेकराज पोखरेलले आफ्नो नयाँ भजन ‘श्री स्वस्थानी देवी तिमी’ लिएर दर्शकमाझ आएका छन् । श्री स्वस्थानी ब्रतकथा शुभारम्भसँगै यहि पुस १८ गते कोहिनुर मिडिया प्रालिको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको यस भजनमा श्री स्वस्थानी माताको गुणगान गाइएको छ भने यो भजन गण्डकी (मध्य पश्चिम नेपाल) को स्थानिय लोक लयमा गाइएको छ । 

यस भजनमा शब्द धनकला पौडेलको रहेको छ भने संगीत तथा कम्पोजिसन गायक पोखरेल र उनको समुहको रहेको छ । यसैगरि भजन गायनमा हरिप्रसाद पोखरेल, सरु न्यौपाने पोखरेल, कौशिला पोखरेल, भक्तिराम पोखरेल लगायतको साथ रहेको छ । यस भजनको नृत्य निर्देशन प्रमिता पोखरेलले गरेकी हुन् । 

बाल्यकादेखि नै आफ्नो स्थानिय लवजमा भजन गायनमा अनवरत लागिरहेका टेकराजले लामो समयदेखि आफ्ना भजनहरु रेकर्ड र सार्वजनिक गरिरहेका छन् । यसअघि उनका ‘रिङ्दै घुम्दै,’ ‘वंशुरी हरायो मेरो,’ ‘जय हरहर गंगा,’ ‘दुर्गा भजन’ लगायतका भजनहरु सार्वजनिक भइसकेका छन् । ‘राष्ट्रिय लोक भजन चुड्का संकृति संरक्षण प्रतिष्ठान बागमती प्रदेश’ का महासचिव पनि रहेका पोखरेलको ‘हरिमन पञ्च आरति’ पहिलो अत्याधिक रुचाइएको रेकर्डेड भजन हो ।

भिडियो लिंक 

https://youtu.be/S_oreavGbl0