शुक्रबार, ४ बैशाख २०८३
सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो । अग्रवाललाई सेयर मूल्य कृत्रिम रूपमा बढाएको र झुटो कारोबार र मूल्य प्रभावित कसुरमा पक्राउ गरिएको हो । यसअघि नेपाल धितोपत्र बोर्डले अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार सीआईबीले पक्राउ गरेको जनाएको छ । अग्रवालले सस्तोमा सेयर खरिद गर्ने गलत प्रचारप्रचार गरी मूल्य बढाइ बिक्री गर्ने गर्दै आएका थिए ।