शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र छिरे जेन जी

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध नयाँ पुस्ताका युवा जेन जीहरु सडक प्रदर्शनमा उत्रिएका छन् ।  प्रदर्शनका क्रममा उनीहरूले प्रहरीको घेरा तोड्दै जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।।

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आक्रोशित बनेका ‘जेनजी’हरुले सोमबार राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघरबाट प्रदर्शन सुरु गरेका जेनजीहरुले बानेश्वरमा निषेधित क्षेत्र तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् ।  ।

जेनजीहरुले भ्रष्टाचारको विरोधसहित सरकारले गरेको सामाजिक सञ्जाल बन्दको विरोध गर्दै नाराबाजी गरेका छन् । सन् १९९७ देखि २०१२ को अवधिमा जन्मिएका अर्थात हाल १३ वर्ष पूरा भइ २८ वर्षसम्मको उमेर समूहलाई जेन्जी भनिन्छ । 

प्रदर्शनमा सहभागी युवाहरूले सरकार बोल्न दे, देश लुट्न पाइँदैन, भ्रष्टाचार अन्त्य लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । त्यस्तै युवाहरूले देशका वीरगन्ज, पोखरा लगायत अन्य सहरहरूमा पनि प्रदर्शन गरेका छन् ।