शनिवार, ३० फागुन २०८२
रुपन्देही – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार तथा सफल व्यवसायी–समाजसेवी चुन्न प्रसाद पौडेलले चुनावी माहोललाई थप ऊर्जा दिएका छन्। घरदैलो, टोलभेला र युवा भेटघाट कार्यक्रममा उनले पाएको समर्थन र मतदाताको माया अपार छ । पौडेलले पाएको यो अपार माया केवल चुनावको समयमा भएर मात्र होइन,उनको साइनो यो क्षेत्रसँग निक्कै पुरानो छ । यो उत्साहले स्पष्ट संकेत दिएको छ-रुपन्देही–२ परिवर्तनका लागि तयार छ ।
रुपन्देही-२ अहिले केवल चुनावी प्रतिस्पर्धाको मैदान मात्र होइन, सम्भावनाको चौतारो बनेको छ । यहाँ समाजसेवा, उद्यमशीलता र आत्मनिर्भर अर्थतन्त्रको दृष्टिकोण लिएर अघि बढेका चुन्न प्रसाद पौडेल अहिले विकल्प होइन, आवश्यकता बनेका छन्। रुपन्देही-२ मा विकास, रोजगारी र आत्मनिर्भरता मुख्य चुनावी एजेन्डा बनेका छन्। समाजसेवा र सफल व्यवसायलाई राजनीतिक आधार बनाएका चुन्न प्रसाद पौडेलले आफूलाई परिणाम दिने नेतृत्वका रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छन्। पौडेल चुनावी मैदानमा आत्मविश्वासका साथ उत्रिएका छन्। उनले घरदैलो अभियानका क्रममा मतदाताबाट उत्साहजनक प्रतिक्रिया पाएपछी आफू जित्नेमा ढुक्क देखिएका छन्।
समाजसेवाबाट उठेको विश्वास
पौडेलको राजनीतिक यात्रा हिजोआजको आकस्मिक आकांक्षा होइन। विगत दुई दशकदेखि शिक्षा, स्वास्थ्य, विपद् राहत,रोजगार र विपन्न परिवारलाई आर्थिक सहायतामा सक्रिय उनको भूमिकाले स्थानीय स्तरमा विश्वसनीय छवि निर्माण गरेको छ। रुपन्देहीका हजारौं युवा रोजगारीका लागि विदेशिन बाध्य भएको यथार्थलाई स्वीकार गर्दै पौडेलले ‘स्वदेशमै अवसर’ अभियान अघि सारेका छन्। उनका उद्योग र व्यावसायिक परियोजनामार्फत सयौं युवाले प्रत्यक्ष रोजगारी पाएका छन् भने सयौं परिवार अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। “रोजगारी सिर्जना नगरी विकास सम्भव छैन। अब युवालाई विदेश होइन, आफ्नै माटोमा भविष्य देखाउने समय आएको छ” उनले भनेका छन् ।
राजनीति सेवा हो भन्ने सन्देश
पौडेलले आफूलाई “व्यवसायबाट सफल, अब समाज र राष्ट्र निर्माणमा समर्पित” उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्। मैले व्यवसायमा जस्तो इमानदारी र पारदर्शिता अपनाएँ, त्यही संस्कार राजनीतिमा पनि ल्याउनेछु र राजनीति मेरो लागि सेवा हो, स्वार्थ होइन,उनले भने ।
स्थानीय अर्थतन्त्रमा योगदान
रुपन्देही क्षेत्र नं. २ कृषि, व्यापार र साना उद्योगको सम्भावना बोकेको क्षेत्र मानिन्छ। पौडेलले कृषि प्रशोधन, निर्माण सामग्री, र सेवा क्षेत्रका लगानीमार्फत स्थानीय अर्थतन्त्रमा चलायमानता ल्याएका छन्। उनले स्थापना गरेका साना तथा मझौला उद्योगमार्फत सयौं युवालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ। “रोजगारका लागि विदेशिन बाध्य युवालाई यहीँ अवसर सिर्जना गर्नु मेरो प्राथमिकता हो,” पौडेलले चुनावी सभामा भनेका छन्।
मतदातामा बढ्दो आशा
चुनावी अभियानका क्रममा देखिएको भीड, सामाजिक सञ्जालमा युवाको सक्रियता र स्थानीय व्यापारी–किसानको खुला समर्थनले रुपन्देही–२ मा नयाँ सन्देश दिएको छ। राष्ट्रिय स्तरको अस्थिरता र आर्थिक दबाबका बीच परिणाममुखी, व्यवस्थापन क्षमता भएका उम्मेदवारप्रति मतदाताको झुकाव बढ्दो छ। पौडेलले संगठनात्मक बल, सामाजिक सञ्जाल रणनीति र प्रत्यक्ष जनसम्पर्कलाई सशक्त बनाउँदै “काम गरेको इतिहास, अब परिवर्तनको भविष्य” बन्ने केन्द्रमा छ।
नयाँ नेतृत्व, नयाँ भरोसा
पौडेलले आफ्नो अभियानलाई ‘आशाको अभियान’ नाम दिएका छन्।“राजनीति अब भाषणको होइन, परिणामको हुनुपर्छ। रुपन्देही–२ लाई रोजगारी, पूर्वाधार र आत्मनिर्भर अर्थतन्त्रको नमुना बनाउने मेरो संकल्प हो,”उनले भनेका छन् । मतदातामा देखिएको उत्साह र सकारात्मक प्रतिक्रिया हेर्दा, रुपन्देही–२ मा यसपटक विकास र व्यवस्थापन क्षमताको बहस केन्द्रमा पुगेको छ। घरदैलो अभियानका क्रममा मतदाताले विकास, रोजगारी र स्थायित्वलाई प्राथमिकता दिएको पाइन्छ। पछिल्लो समय राष्ट्रिय राजनीतिमा देखिएको अस्थिरता र आर्थिक दबाबका बीच स्थानीय स्तरमै परिणाम दिने नेतृत्वको खोजी भइरहेको अबस्थामा पौडेल भरोसायोग्य र आशाको केन्द्र बनेका छन् ।
चुनौती र प्रतिस्पर्धा
चुनावी मैदानमा अन्य दलका उम्मेदवारहरू पनि सक्रिय छन्। तर पौडेल पक्षले संगठनात्मक बल, स्थानीय जनसम्पर्क र विगतको समाजसेवी छविलाई आफ्नो प्रमुख शक्ति मानेको छ । युवा मतदाता र व्यवसायी समुदायको समर्थन निर्णायक रूपमा एकतर्फी अहिले पौडेलको पक्षमा देखिएकाले भने पौडेलको जित सहज हुन सक्ने देखिन्छ। मतदाताको अन्तिम निर्णयले तय गर्नेछ—समाजसेवी र उद्यमशील पृष्ठभूमिबाट आएका उम्मेदवारले संसदीय यात्रामा सफलता पाउँछन् कि पाउँदैनन् त्यो भने हेर्न फागुन २१ सम्म पर्खनुपर्नेछ।