शनिवार, ३० फागुन २०८२

images

शनिवार, ३० फागुन २०८२

शनिवार, ३० फागुन २०८२

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

नवलपरासी पश्चिम : सहज जितको बाटोमा उद्योगपति विनोद चौधरी

नवलपरासी (पश्चिम) – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नवलपरासी पश्चिम–१ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । यस क्षेत्रबाट विनोद चौधरी पुनः प्रतिनिधि सभा निर्वाचनमा उमेदवार बनेर  मैदानमा छन्। बि.स.२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा चौधरीले नवलपरासी पश्चिम–१ बाट उल्लेखनीय मतान्तरसहित विजय हासिल गरेका थिए । अहिले यस क्षेत्रमा बिभिन्न पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गर्नेको लहर नै चलेको छ ।

यस क्षेत्रमा उनको व्यक्तिगत प्रभाव, संगठनात्मक पकड र पार्टी संरचनाको मजबुतीले उनको जित स्पष्ट देखिन्छ । व्यवसायिक क्षेत्रमा सफल छवि बनाएका चौधरीको राजनीतिक यात्रा पनि अहिलेसम्म सफलताको बाटोमा देखिन्छ । उनका तुलनामा प्रतिस्पर्धा गर्ने अन्य यस क्षेत्रमा निक्कै कमजोर देखिन पुगेका छन् भने मतदाताहरुको बुझाइमा चौधरी नै उद्कृष्ट उमेदवार हुन् । यद्यपि चौधरीलाई बलियो उम्मेदवार मानिए पनि मैदान पूर्ण रूपमा एकतर्फी छैन। विभिन्न दलका उम्मेदवारहरू पनि संगठन विस्तार र घरदैलो अभियानमा सक्रिय छन्। विशेष गरी नयाँ राजनीतिक शक्तिहरूले युवामाझ प्रभाव विस्तार गर्ने प्रयास गरिरहेका छन्। 

नवलपरासी पश्चिम–१ का मतदाताले यसपटक विकासका ठोस प्रतिफल खोजिरहेका छन्। मुख्य रूपमा उठिरहेका मुद्दाहरू:हुलाकी राजमार्ग तथा सहायक सडक स्तरोन्नति,कृषि उत्पादनको बजारीकरण,युवा रोजगारी र सीप विकास,नागरिकता तथा भूमिसम्बन्धी समस्या समाधान,स्वास्थ्य र शिक्षा पूर्वाधार सुदृढीकरण आदि चौधरीले यी मुद्दालाई आफ्नो प्राथमिकतामा राखेका छन्। चौधरी केवल राजनीतिज्ञ मात्र होइनन्, उनी नेपालको निजी क्षेत्रका अग्रणी उद्योगीमध्येका एक मानिन्छन्। उद्योग–व्यापार क्षेत्रमा दशकौँको अनुभव र अन्तर्राष्ट्रिय पहुँचले उनलाई ‘विकास र लगानी ल्याउन सक्ने नेता’को रूपमा स्थापित गरेको छ।

स्थानीय मतदातामाझ उनले रोजगारी सिर्जना, पूर्वाधार विकास र आर्थिक समृद्धिको एजेन्डा प्रस्तुत गर्दै आएका छन् भने उनले युवा वर्गलाई आत्मनिर्भर बनाउन ठुलो भूमिका खेलिरहेका छन्। उनको प्रभाव युवा बर्ग,श्रमिक बर्ग र व्यवसायी समुदायमा उल्लेखनीय देखिन्छ। नवलपरासी पश्चिम–१ मा आगामी प्रतिनिधि सभा निर्वाचन केवल एक सामान्य प्रतिस्पर्धा मात्र होइन, यो स्थानीय विकास, राजनीतिक स्थायित्व र नेतृत्व क्षमताको परीक्षण पनि हो। उद्योगपति–राजनीतिज्ञको रूपमा स्थापित विनोद चौधरी पुनःएकपटक जनादेश खोज्दै मैदानमा छन्। फागुन २१ को मतदानले नवलपरासी पश्चिम –१ को राजनीतिक दिशा पुनः निर्धारण गर्नेछ।