शनिवार, ५ ब‌ैशाख २०८३

images

शनिवार, ५ ब‌ैशाख २०८३

शनिवार, ५ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

SCT–UnionPay कार्डबाट अब मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने

कार्डबाट वालेट लोड गर्न मिल्ने सुबिधा रहेको सबै मोबाइल वालेटहरू, जस्तै इसेवा, खल्ती, हाम्रो पे, आदि वालेटहरूमा ग्राहकहरूले सजिलै आफ्नो SCT–UnionPay कार्डबाट सिधै वालेट लोड गर्न मिल्ने सुबिधा जारी भएको छ ।

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले जारी गर्दै आएको SCT–UnionPay कार्डबाट अब नेपालमा सञ्चालन हँुदै आइरहेको विभिन्न मोबाइल वालेटहरूमा सजिलै वालेट लोड गर्न मिल्ने भएको छ । 

कार्डबाट वालेट लोड गर्न मिल्ने सुबिधा रहेको सबै मोबाइल वालेटहरू, जस्तै इसेवा, खल्ती, हाम्रो पे, आदि वालेटहरूमा ग्राहकहरूले सजिलै आफ्नो SCT–UnionPay कार्डबाट सिधै वालेट लोड गर्न मिल्ने सुबिधा जारी भएको छ । नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवे (EPG) मा आबद्ध रहेका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेशनहरूबाट ग्राहकहरूले यो सुबिधा लिन सक्नुहुन्छ । यस सुबिधाले ग्राहकहरूलाई आफ्नो SCT–UnionPay कार्डबाट POS मा मात्र नभएर अब डिजिटल वालेटहरूबाट भुक्तानी, इ-कमर्स भुक्तानी, एरलाइन टिकट खरिद, आदि पनि गर्न अझ सरल हुनेछ ।  

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT–UnionPay कार्ड जारी गर्दै आइरहेको छ । SCT–UnionPay डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले सजिलै क्ऋत् का उल्लेखित सदस्य बैंक तथा वित्तीय संस्थाबाट  प्राप्त गर्न सक्नेछन् ।