शुक्रबार, ४ बैशाख २०८३
काठमाडौं। नवलपरासी (ब.सु.प.)-१ को सम्मुनतिका लागि नेपाली कांग्रेसको तर्फबाट नवलपरासी (ब.सु.प.) क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार उद्योगपति तथा नेपाली कांग्रेसका नेता बिनोद चौधरीले आगामी राजनीतिक संकल्पपत्र तयार गर्न जनताका सुझाव संकलन गर्ने अभियान सुरु गरेका छन्। देशको अर्थतन्त्र, रोजगारी, शिक्षा, स्वास्थ्य र उद्यमशीलता जस्ता विषयमा नागरिकका आवाज समेट्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको हो।
चौधरीले आम नागरिक, व्यवसायी, युवा तथा विज्ञ समुदायबाट प्राप्त सुझावलाई व्यवहारिक र परिणाममुखी संकल्पपत्रमा समेटिने बताएका छन्। उनले यो अभियानले जनअपेक्षा अनुसारको नीति र कार्यक्रम निर्माणमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन्। उनले भनेका छन् -तपाईंको भोटले 'सरकार' बनाउँछ, तर तपाईंको सुझावले 'समाज' बनाउँछ। हाम्रो टोल र गाउँको समस्या तपाईं हामीलाई नै थाहा हुन्छ। त्यसैले, समाधानको बाटो पनि तपाईं हामीले नै कोर्नुपर्छ।
एक जनप्रतिनिधिको अनुभवको नाताले मलाई थाहा छ, कुनै पनि ठूलो योजना सफल बनाउन सहि व्यवस्थापन र सबैको सहकार्यको आवश्यकता पर्दछ। त्यसैले, चुनावी संकल्पपत्र बन्द कोठामा बसेर होइन, तपाईंहरूको माझमा आएर लेख्न चाहन्छु। हामी केवल 'घोषणापत्र' होइन, नवलपरासी (ब.सु.प.) - १ को विकासको 'साझा संकल्पपत्र' लेख्न चाहन्छौं। कृपया २ मिनेट समय निकालेर यो फारम भरिदिनुहोला। तपाईंहरुको सल्लाहले नै हाम्रो विजय यात्रा तय गर्नेछ।
सुझावको लागि
https://www.binodformp.com/suggestions खोल्नुहोस्