शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

पार्टी एकता प्रक्रिया ठीक ढङ्गबाट अगाडि बढेको छ : प्रचण्ड

काठमाडौँ, १५ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न पार्टीसँगको एकता प्रक्रिया ठीक ढङ्गबाट अगाडि बढिरहेको बताउनुभएको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग उहाँले पार्टीभित्र फरक मत राख्दै आउनुभएका नेता जनार्दन शर्मा पनि पार्टीको केन्द्रीय समिति बैठकपछि सहमत हुने विश्वास व्यक्त गर्नुभयो । संयोजक दाहालले भन्नुभयो, “आजको बैठक राम्रो भएको छ, एकताका लागि पार्टी एकजुट छ । 

जनार्दनले आफ्नो विषय राख्नुभएको छ,केन्द्रीय समितिको बैठकसम्म उहाँ पनि एक हुनुपर्छ, हुन्छन् भन्ने हामीलाई विश्वास छ ।”नेता शर्माले आजको सचिवालय बैठकमा नेकपा (एकीकृत समाजवादी) सँगको एकता प्रक्रिया तत्काल स्थगित गर्नुपर्ने मागसहित आफ्ना कुरा राखेर बैठकबाट बाहिरिनुभएको थियो । आजको सचिवालय बैठकले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न पार्टीसँग चाँडै एकता गर्ने निर्णय गरेको छ ।