आईतबार, २९ चैत २०८२

images

आईतबार, २९ चैत २०८२

आईतबार, २९ चैत २०८२

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

विनोद चौधरीविरुद्ध भ्रामक सूचना फैलाउने मिडिया माथि साइबर ब्युरोले गर्यो कारबाही

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष तथा उद्योगपति विनोद चौधरीविरुद्ध भ्रामक सूचना फैलाएको आरोपमा ‘मिडिया डबली’ नामक फेसबुक पेजका सञ्चालकमाथि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान सुरु गरेको छ । उक्त पेजले चैत्र २४ गते “विनोद चौधरीलाई पक्राउ पुर्जी जारी” भएको दाबी गर्दै सामाजिक सञ्जालमा भ्रामक पोस्ट गरेको थियो। 

चौधरीको प्रतिष्ठामाथि आँच पुर्‍याउने उक्त पोस्टविरुद्ध चैत्र २५ गते साइबर ब्युरोमा उजुरी दर्ता गरिएको थियो। उजुरीपछि साइबर ब्युरोले पेजका सञ्चालकलाई सोधपुछका लागि बोलाएको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ। साइबर ब्युरोले बोलाएपछि  ‘मिडिया डबली’ले चौधरीविरुद्ध गरिएको उक्त भ्रामक पोस्ट हटाएको छ।