शुक्रबार, ४ बैशाख २०८३
काठमाडौँको हनुमानढोकामा आज बिहान १०ः३१ बजे इन्द्रध्वजोत्थानसँगै इन्द्रजात्रा सुरु भएको छ। परम्पराअनुसार इन्द्रध्वजसहितको लिङ्गो ठड्याएपछि वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गर्दै यो पर्व मनाइन्छ। काठमाडौँमा मनाइने जात्रामध्ये सबैभन्दा ठूलो, रमाइलो र महत्वपूर्ण मानिने इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ। यहाँ ‘यें’ भन्नाले कान्तिपुर नगर र ‘यास्’ भन्नाले मुख्य जात्रा जनाइन्छ।