आईतबार, ३ साउन २०८३
काठमाडौं, २३ चैत । सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक सम्बन्धी मुद्दामा २६ चैतभित्र अनुसन्धान सक्न आदेश दिएको छ। न्यायाधीशहरू विनोद शर्मा र सुनिल कुमार पोखरेल को इजलासले उनीहरूलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो। तर, तोकिएको समयसीमाभित्र अनुसन्धान पूरा हुन नसके २६ चैतपछि थुनामुक्त गर्नुपर्ने पनि आदेशमा उल्लेख छ।
अदालतले फौजदारी कार्यविधि अनुसार प्रक्रिया पूरा गरी आवश्यक परे हिरासतबाहिर राखेर थप अनुसन्धान गर्न निर्देशन दिएको छ।गत भदौ २३ गते भएको जेनजी आन्दोलन का क्रममा १९ जनाको ज्यान जाने गरी बल प्रयोग भएको आरोपमा १४ चैतमा ओली र लेखक पक्राउ परेका थिए। प्रहरीले ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंको अनुमति लिएर उनीहरूलाई हिरासतमा राख्दै आएको छ।