शनिवार, ५ ब‌ैशाख २०८३

images

शनिवार, ५ ब‌ैशाख २०८३

शनिवार, ५ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

आट्विनको टोलीद्वारा महिला हिंसा र मानव बेचबिखनका एजेण्डा घोषणापत्रमा समेट्न आग्रह

काठमाडौँ । महिला हिंसा र मानव बेचबिखनविरुद्धका एजेण्डालाई आगामी निर्वाचन घोषणापत्रमा समेट्न माग गर्दै आट्विनको टोलीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ। भेटका क्रममा आट्विनको टोलीले महिला तथा बालिकामाथि हुने हिंसा, मानव बेचबिखन, सुरक्षित आप्रवासन, पीडितको संरक्षण तथा न्याय सुनिश्चिततासम्बन्धी विषयमा स्पष्ट नीतिगत प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै लिखित सुझावपत्र संयोजक प्रचण्डसमक्ष बुझाएको थियो।

भेटमा बोल्दै संयोजक प्रचण्डले प्रतिनिधित्व, समावेशीकरणलगायत संविधानले सुनिश्चित गरेका अधिकारहरू आफूहरूले नेतृत्व गरेको संघर्षकै उपलब्धि भएको बताए। उनले यी अधिकारलाई कागजमै सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्न पार्टीले अझ सशक्त रूपमा संघर्ष जारी राख्ने विश्वास दिलाउँनुभयो । महिला अधिकार, समानता र सामाजिक न्याय नेपाली कम्युनिष्ट पार्टीको मूल एजेण्डा रहेको उल्लेख गर्दै संयोजक प्रचण्डले आट्विनले उठाएका विषयहरूलाई पार्टीको नीति, कार्यक्रम तथा घोषणापत्रमा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।