शुक्रबार, ४ बैशाख २०८३
व्यवसायी दीपक भट्ट पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार उनलाई पाटन क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। यसअघि अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेको थियो। उनलाई लिएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको थियो।
सम्पत्ति शुद्धीकरण विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर भट्टको राहदानी कालोसूचीमा राख्न अनुरोध गरेको थियो। उक्त पत्रका आधारमा उनको राहदानी कालोसूचीमा राखिएको स्रोतले जानकारी दिएको छ। भट्टमाथि ठूला ठेक्का र खरिदमा अनियमितता गर्ने, राजनीतिक पहुँचको प्रयोग गरी विभिन्न सरकारी निकायमा नियुक्ति र ठेक्काको सेटिङ मिलाउने जस्ता आरोप लाग्दै आएका छन्।