शनिवार, ५ ब‌ैशाख २०८३

images

शनिवार, ५ ब‌ैशाख २०८३

शनिवार, ५ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सोलु हाइड्रोपावरले पायो आईपीओ जारी गर्न अनुमति

सोलु हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आईपीओ जारी गर्न  स्वीकृति पाएको छ ।  सोलु हाइड्रोपावर लिमिटेडले २ करोड कित्ता साधारण शेयर निष्काशनको अनुमति पाएको हो । आईपीओ व्यवस्थापन नबिल इन्भेस्टमेन्ट बैकिङ लिमिटेड  र हिमालयन क्यापिटलले गर्नेछन । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ सार्वजनिक निष्काशन गर्न लागेको छ । 

यो आईपीओ २० लाख आवेदकले पाउने छन् भने करिब  १४ लाख सर्वसाधारण लगानीकर्ताले पाउनेछन् ।  यस कम्पनीमा  संस्थापक समूहको ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत हिस्सा रहनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले कुल २ अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्नेछ ।  यस कम्पनीले सोलुखुम्बु जिल्लामा तल्लो सोलु हाइड्रोपावर आयोजना निर्माण गरेको छ । आयोजना ८२ मेगावाट क्षमताको रहेको छ ।