शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

एफएनसिसिआई निर्वाचन : श्रेष्ठ र ढकाल समूह आमनेसामने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ को आगामी ६०औँ वार्षिक साधारणसभा तथा नेतृत्व चयनलाई लक्षित गर्दै दुई प्रभावशाली प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ। महासङ्घको चैत २८ र २९ गते हुने साधारणसभाबाट नयाँ नेतृत्व चयन हुने तयारी भइरहँदा वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ ले आफ्नो प्यानल सार्वजनिक गरेका छन् भने वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूह पनि मैदानमा उत्रिएको छ।

श्रेष्ठ समूहको प्यानल घोषणा
वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आगामी नेतृत्वमा स्वतः अध्यक्ष बन्ने प्रक्रियामा रहेकाले उनले आफ्नो टिम सार्वजनिक गरेका हुन्।
उनको प्यानलबाट
वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे
एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे
जिल्ला/नगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा उम्मेदवार बनेका छन्।

वस्तुगत सदस्यतर्फ विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीहरूको उल्लेख्य सहभागिता देखिएको छ। आइसक्रिम, सिमेन्ट, कृषि, पश्मिना, धितोपत्र, रेस्टुरेन्ट, फ्लोरिकल्चर लगायतका संघ–संस्थाबाट प्रतिनिधित्व गर्ने उम्मेदवारहरू मैदानमा छन्। जिल्ला/नगर सदस्यतर्फ कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट उम्मेदवार तय भएका छन् भने एसोसिएट सदस्यतर्फ पनि ठूलो संख्या प्रतिस्पर्धामा उत्रिएको छ।

ढकाल समूहको छुट्टै टिम
यसअघि नै हेमराज ढकाल नेतृत्वमा अर्को प्यानल घोषणा भइसकेको छ।

ढकाल समूहबाट

वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल
एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ
जिल्ला/नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे
वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ
महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ
उम्मेदवार बनेका छन्।

उम्मेदवारहरूको प्रतिबद्धता
ढकाल समूहका उम्मेदवारहरूले उद्योगी–व्यवसायीका समस्या समाधान, निजी क्षेत्रको एकीकृत आवाज र पारदर्शी नेतृत्वमा जोड दिएका छन्। एसोसिएट उपाध्यक्षकी उम्मेदवार ज्योत्सना श्रेष्ठले निजी क्षेत्रको आवाजलाई बलियो बनाउने र प्रणालीगत कमजोरी सुधार्ने प्रतिबद्धता व्यक्त गरिन्।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले उद्योगीहरूलाई एकताबद्ध बनाउँदै समस्या समाधानमा सक्रिय भूमिका खेल्ने बताए।जिल्ला/नगरतर्फका उम्मेदवारहरूले स्थानीय व्यवसायीका समस्या सम्बोधनलाई प्राथमिकतामा राख्ने बताएका छन् भने महिला उद्यमशीलता प्रवर्द्धनलाई पनि विशेष महत्व दिने प्रतिबद्धता जनाइएको छ।

प्रतिस्पर्धा रोचक हुने संकेत
दुवै पक्षबाट बलियो प्यानल घोषणा भएसँगै महासङ्घको आगामी नेतृत्व चयन अत्यन्त प्रतिस्पर्धात्मक हुने देखिएको छ। निजी क्षेत्रको छाता संगठनको नेतृत्वका लागि हुने यो चुनावले आगामी आर्थिक नीतिदेखि व्यवसायिक वातावरणसम्म प्रभाव पार्ने अपेक्षा गरिएको छ।