शुक्रबार, ४ बैशाख २०८३
गर्मीको समयमा हामीलाई चिसो खानेकुरा खान मन लाग्छ । यस समयमा पिसाब पोल्ने, पेट पोल्ने, छाला सम्बन्धी समस्या तथा खाना अपच हुने, खाना नरुच्ने जस्ता समस्याका कारण गर्मीमा प्राय चिसो र साधारण खानेकुरा मन पर्छन् ।यसकारण पनि हामीले खाजा तथा खानामा दहीलाई समावेश गर्नु निकै फाइदाजक छ । दुधको सट्टा दही खानु स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । दुधमा पाइने ‘फ्याट’ शरिरलाई एक उमेरमा गएपछि हानी गर्छ । दहीमा पाइने फोस्फोरस र भिटामिन डी शरिरको लागि लाभकारी हुन्छ ।
दहीका फाइदा
बिहान सूर्योदयसँगै टाउको दुखाइ बढ्दै जाने समस्या छ भने सूर्योदयअघि दहीमा भात मुछेर खाने गरेमा टाउको दुखाइ कम हुन्छ ।खानासँगै दही पिउँदा खानेकुरा सजिलैसँग पच्छ, र अपचको समस्या कम हुन्छ । सरीरको तापक्रमलाई सन्तुलनमा राख्ने तथा आँतको गर्मी हटाउने काममा पनि दही लाभदायक हुन्छ ।पेटमा बोसोको मात्रा निरन्तर बढ्दै गएको छ भने बिहान खाली पेटमा पाँच चम्चा दही खाने गरेमा पेटमा जम्मा भएको बोसो कम हुँदै जान्छ ।
दहीको सेवनले सरीरमा बोसाको मात्रा पनि नियन्त्रण गर्न सहयोग गर्छ ।गर्मीयाममा भोक नलाग्ने तथा खानेकुरा नरुच्ने समस्या धेरैलाई हुन्छ । यस्तोमा दहीको सेवनले भोक जगाउँछ । एसिडिटी छ भने बिहान एक कचौरा दही खाएमा एसिडिटी हटेर जान्छ । दही खाने गरेमा पेटसम्बन्धी अन्य समस्याको पनि समाधान हुन्छ ।दहीमा भिटामिन–ए, भिटामिन–डी, भिटामिन–बी १२, आइरन, प्रोटिनजस्ता पोषक तत्व प्रचुर मात्रामा पाइन्छ । दहीमा क्याल्सियम, फस्फोरस, आइरनको मात्रा उच्च हुने भएकाले दही खाँदा हड्डी बलियो हुन्छ । बाथको असर कम गर्छ बाथसम्बन्धी समस्या भएकाहरूले दही खाँदा राहत मिल्छ ।
गर्मीको समयमा अनुहारमा चायाँ निस्कने, छालाको पत्र उप्किने जस्ता समस्या देखिन्छन् । अनुहारमा दहीको लेपन गरी केही समय राखेर राम्रोसँग गुलाब जलले धुनाले अनुहारको छाला मुलायम हुनुका साथै चिरा पर्ने वा छालाको पत्र उप्किने समस्या हट्दछ ।गर्मीमा घामले डढेर कालो भएको छालामा दही र कागतीको रस मिलाएको लेप लगाउँदा डढेर अँध्यारो बनेको छाला चम्किलो बन्दछ । दहीमा भिटामिन–ई, जिंक र फस्फोरस प्रशस्त मात्रामा पाइन्छ ।
जसले छालालाई चम्किलो र सुन्दर बनाउँछ । साथै, गहुँको पिठोमा दही र कागती मिसाई फेसप्याक बनाएर अनुहारमा लगाएर २० मिनेटपछि धुने । यसो गर्दा अनुहार सफा र चम्किलो बन्छ ।दुध चुस्ने बच्चाहरुलाई दुध अपच भएर वान्ता हुने वा पखाला लाग्ने भएको छ भने दहीमा मह मिलाएर खुवाउँदा फाइदा पुग्छ । दहीमा भुटेको जिरा पिसेर हाली त्यसमा अलिकति नुन र मरिच हालेर बिहान खाएमा खाना राम्रोसँग पच्छ ।
दिनहुँ दही खाने गरेमा मुटुसम्बन्धी समस्या कम हुँदै जान्छ । दहीले शरीरमा कोलेस्ट्रोल र रक्तचापलाई नियन्त्रित राख्छ । दहीमा लाभकारी ब्याक्टेरिया पाइन्छ, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ । योनिको खटिरा हटाउँछ योनिमा खटिरा आउने समस्या छ भने दिनहुँ दही खाने गर्नाले खटिरा हराउँदै जान्छ ।