शनिवार, २ साउन २०८३

images

शनिवार, २ साउन २०८३

शनिवार, २ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी

थाई सैन्य बलले मङ्गलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा गोलाबारी र ट्याङ्क–माउन्टेड मेसिन गनहरूको प्रयोग गरी आक्रमण जारी राखेको कम्बोडियाको रक्षा  मन्त्रालयका   उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले  मङ्गलबार बताउनु भएको  छ । थाइल्यान्डसँगको सीमा द्वन्द्व १७ औं दिनमा प्रवेश गरेसँगै कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या २१ पुगेको उहाँले बताउनु भएको छ ।

“थाई सेनाले कम्बोडियाका नागरिकहरू बस्ने स्थानहरूमा आक्रमण गरेको उल्लेख गर्दै उहाँले आक्रमणमा एक शिशु सहित २१ नागरिकहरूको मृत्यु हुनुका साथै  अन्य ८३ जना घाइते भएको पत्रकारहरुसँगको सक्षतकारमा जाउनु भएको छ । कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व डिसेम्बर–७ देखि पुनः सुरु भएको छ,  भने दुवै पक्षले एक–अर्कालाई युद्ध विरामको बावजुत आक्रमण सुरु गरेको आरोप लगाएका छन् ।

कम्बोडियाको आन्तरिक मन्त्रालयले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार द्वन्द्वले अहिले सम्म करिब पाँच लाख ४५ हजार कम्बोडियनलाई सुरक्षित आश्रयका लागि आफ्नो वासस्थान छोडी भाग्न बाध्य पारेको छ ।