आईतबार, ३ साउन २०८३

images

आईतबार, ३ साउन २०८३

आईतबार, ३ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

ब्रह्मायणी जात्रा : बिहानैदेखि भक्तजनको भीड

भक्तपुर १६ असोज ः प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ । नवदुर्गा शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । रातिदेखि परेको वर्षाको समेत प्रवाह नगरी स्थानीय नेवार समुदायले रातिबाट नै भव्य रूपमा ब्रह्मायणी जात्रा मनाइरहेका छन् ।

आज बिहानैदेखि व्रत बसेकाहरू घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा पाँच, सात र १८ वटा दीप (दियो) बालेर ब्रह्मायणी मन्दिर जाने र पूजा गर्ने प्रचलन छ । सोहीअनुसार यहाँका बासिन्दाले शरीरमा बत्ति बालेर र शरीर नापेर ब्रम्हायणीसम्मको यात्रा पूरा गरेका छन् । यो परम्पराले मनोकाङ्क्षा पूरा हुने, धर्म प्राप्त हुने जनविश्वास रहेको छ । मन्दिरमा आज नवदुर्गा प्रकट हुने विश्वासका साथ दिनभरी नै भव्य मेला लाग्ने गर्दछ भने नेवार समुदायले मोहिनी नखः गरी घरघरमा कालो टीका लगाएपछि प्रत्येक घरबाट पूजा लिएर मन्दिर जानै पर्ने परम्परा छ ।

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजनहरू आउने गर्दछन् । मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलीसमेत दिने गरिन्छ । गाँठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय अर्थात् राँगोलाई बुधबार साँझ नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मत्ताएर अबिर र तेल दलेर दौडाउदै, लखेट्दै ब्रह्मायणी मन्दिर पुर्याएर बद्य गरसँगै यो जात्रा सुरु भएको हो ।