शनिवार, ५ ब‌ैशाख २०८३

images

शनिवार, ५ ब‌ैशाख २०८३

शनिवार, ५ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

एनपिएल : अपराजित हुँदै सुदूरपश्चिम दुई खेल अगाडिनै ‘प्लेअफ मा

साबिक विजेता जनकपुर बोल्ट्सलाई छ विकेटले पराजित गर्दै ‘प्लेअफ’ मा स्थान सुरक्षित गरको हो । 

काठमाडौँ, १३ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स लगातारको पाँचौँ जितमा ‘प्लेअफ’मा प्रवेश गरेको छ । सुदूरपश्चिम दुई खेल अगावै ‘प्लेअफ’मा पुगेको हो । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा सुदूरपश्चिमले आज साबिक विजेता जनकपुर बोल्ट्सलाई छ विकेटले पराजित गर्दै ‘प्लेअफ’ मा स्थान सुरक्षित गरको हो । 

यस जितमा विनोद भण्डारी र इशान पाण्डेले उत्कृष्ट ब्याटिङ तथा अविनाश बोहरा बलिङ चम्किए । जितका लागि १४६ रनको चुनौती पछ्याएको सुदूरपश्चिमले १७ दशमलव चार ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । एक रन जोड्दा दुई विकेट गुमाएपछि धर्मराएको सुदूरपश्चिमलाई विनोद र इशानले सम्हाले । यी दुवै ब्याटरबीच ९२ रनको साझेदारी भयो । इशान ५६ तथा विनोद ४२ रनमा आउट भए । बलिङमा जनकपुरका सदाकतले दुई तथा सञ्जय र आदित्यले समान एक/क विकेट लिए ।

यसअघि जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकामा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४५ रन बनायो । जसमा सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५०, जान निकलो लोफ्टी इटनले ३९ रनको योगदान गरे । बलिङमा सुदूरपश्चिमका अभिनाश बोहराले चार, स्कट कुगेलेइन तीन विकेट लिए । सुदूरपश्चिमले लगातार पाँच जितसहित १० अङ्क बनाएको छ । जनकपुरको यो लगातार चौथो हार हो । अङ्कको खाता खोल्न नसकेको जनकपुर पुछारमा छ । अब उसको ‘प्लेअफ’ को  सम्भावना गणितीय आधारमा मात्र बाँकी छ ।