मङ्गलबार, ५ साउन २०८३

images

मङ्गलबार, ५ साउन २०८३

मङ्गलबार, ५ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

नेप्सेमा तीन दिनपछि सुधार, सूचक ३.२१ अंकले उक्लियो

बन्दीपुर केबुलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

२५ कात्तिक, काठमाडौं । लगातार तीन कारोबार दिन ओरालो लागेको नेप्से परिसूचक मंगलबार केही सुधार देखिएको छ। अघिल्लो दिनको तुलनामा आज नेप्से ३.२१ अंकले बढ्दै २५६५ अंकमा अडिएको हो। सुरुवाती समयमा नेप्सेमा गिरावट देखिए पनि करिब साढे १ बजेदेखि बजार क्रमशः सम्हालिएको थियो। आजको कारोबारमा १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो।

यद्यपि कारोबार रकममा भने कमी आएको छ। अघिल्लो दिन ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भए पनि आज कारोबार घटेर ३ अर्ब ६२ करोड रुपैयाँमा सीमित रह्यो। समूहगत सूचकमा मिश्रित प्रभाव देखिएको छ। सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभित्रै सीमित रह्यो। बैंकिङ समूह ०.०७, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बीमा ०.५० र व्यापार समूह ०.६९ प्रतिशतले बढेका छन् ।

त्यस्तै, अन्य ०.६७, माइक्रोफाइनान्स ०.०५, लगानी ०.२९, होटल तथा पर्यटन ०.३८, फाइनान्स ०.६१ र विकास बैंक समूह ०.४७ प्रतिशतले घटेका छन्।

आज चार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको उच्च वृद्धि देखियो। ती सबै कम्पनीहरू हालै नेप्सेमा सूचीकृत भएका हुन्। बन्दीपुर केबुलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, दरामखोला हाइड्रोपावरको मूल्य ६.८८ प्रतिशत, इस्टर्न हाइड्रोपावरको ६.२९ प्रतिशत र स्वस्तिक लघुवित्तको ४ प्रतिशतले वृद्धि भएको छ।
यस दिन सिटी होटलको सेयर मूल्य सबैभन्दा बढी ४.९६ प्रतिशतले घटेको छ।धेरै कारोबार भएका कम्पनीहरूमा साहस ऊर्जा, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावर अग्रस्थानमा रहेका छन्।