शनिवार, ५ ब‌ैशाख २०८३

images

शनिवार, ५ ब‌ैशाख २०८३

शनिवार, ५ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

एनपीएलमा सहभागी हुन नेपाल आइपुगे क्रिकेटर फाफ डुप्लेसिस

काठमाडौं, नेपाल – १डिसेम्बर२०२५ – दक्षिण अफ्रिकाका दिग्गज क्रिकेटर फाफ डुप्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो टोलीलाई मजबुत बनाउन नेपाल आइपुगेका छन्।उनको आगमनले लिग इतिहासकै सबैभन्दा ठूलो उत्साह पैदा गरेको छ।नेपाली दर्शकले लामो अन्तर्राष्ट्रिय अनुभव, नेतृत्वदायी क्षमता र उत्कृष्ट क्रिकेट कौशल भएका फाफको खेल घरेलू मैदानमै प्रत्यक्ष हेर्ने मौका पाउने छन्।फाफ जस्तो विश्वस्तरीय खेलाडीको उपस्थिति हेर्न फ्यान र खेलाडी दुवै उत्तिकै उत्साहित छन्।

दक्षिण अफ्रिकी राष्ट्रिय टोलीका पूर्व कप्तान फाफ, मैदानमा शान्त, धैर्यवान र योजनाबद्ध नेतृत्वका लागि विश्वभर सम्मानित छन्।उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा टेस्ट क्रिकेटमा ४०को औसतले ४,०००भन्दा बढी रन र वानडे क्रिकेटमा ४७ को औसतले ५,५००भन्दा बढी रन बनाएका छन्।दबाबका क्षणमा पनि बुद्धिमानीपूर्ण रणनीतिका साथ उत्कृष्ट प्रदर्शन गर्ने क्षमताले गर्दा उनी दक्षिण अफ्रिकाका भरपर्दो टप-अर्डर ब्याट्सम्यान मध्ये एक मानिन्छन्।

फ्रेन्चाइज क्रिकेटमा पनि फाफको उपस्थिति सधैं प्रभावशाली रहँदै आएको छ।उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सको तर्फबाट खेल्दै दुई पटक उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका छन्।१५० भन्दा बढी आईपीएल खेलमा उच्च स्ट्राइकरेट कायम राखेका फाफले उच्च दवाबयुक्त खेलमा पनि शान्त र समय मिलाएर खेल्ने क्षमता राख्छन्।यही अनुभव र कौशलले गर्दा एनपीएलमा उनको योगदान महत्त्वपूर्ण रहनेछ। नेपाली दर्शकले फाफको चिनारी बनेको पावर–हिटिङ, उत्कृष्ट टाइमिङ र रणनीतिक सोचले भरिएका रोमाञ्चक क्षणहरू हेर्न सक्नेछन्।

फाफ डुप्लेसिस एनपीएलमा सहभागी भएसँगै प्रतियोगिता नयाँ उचाइमा पुग्ने निश्चित छ।उनको उपस्थितिले खेलको स्तर वृद्धि गर्नुका साथै युवा नेपाली खेलाडीहरूका लागि ठूलो प्रेरणा बन्नेछ।यसले लिगको रौनक बढाउने मात्र होइन, नेपाली क्रिकेटको विकास र क्षमताप्रति अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान पनि आकर्षित गर्नेछ।एनपीएलको दोस्रो सिजन फाफको आगमनसँगै अझ रोमाञ्चक, प्रतिस्पर्धात्मक र अविस्मरणीय बन्ने अपेक्षा गरिएको छ।

बिराटनगर किंग्सको बारेमा:
बिराटनगर किंग्स, नेपाल प्रिमियर लिग (एनपीएल) मा कोशी प्रदेशलाई प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज हो।स्थानीय प्रतिभालाई उजागर गर्ने, खेल भावना बढाउने तथा फ्यान एबं समुदायसँग गहिरो रूपमा जोडिनु यस फ्रेन्चाइजको मुख्य उद्देश्य हो। बिराटनगर किंग्स कोशी प्रदेशलाई गौरवान्वित बनाउने लक्ष्यका साथ निरन्तर क्रिकेट विकासमा समर्पित छ।