शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

दार्चुलामा जिप दुर्घटना : सिँचाइका दुई कर्मचारीको मृत्यु,चार जना घाइते

दार्चुला, १७ चैतः ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार दुई जना सरकारी कर्मचारीको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको हो । कामको सिलसिलामा उहाँहरू काडापारीबाट ओसिलतर्फ जानुभएको जनाइएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । उनीहरूको गोकुलेश्वरस्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।