शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

वरिष्ठ उपाध्यक्षमा ढकालको उमेद्वारी : उत्पादनमुखी अर्थतन्त्रको एजेन्डासहित मैदानमा

काठमाडौं । हेमराज ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। वर्तमानमा वस्तुगत उपाध्यक्ष रहेका उनले चुनौतीपूर्ण परिस्थितिमा पनि उल्लेखनीय काम गरेको दाबी गरेका छन्। ढकालका अनुसार अघिल्लो कार्यकालमा नीतिगत स्थिरता कायम गर्न र आवश्यक कानुन संशोधनका लागि पहल गरिएको थियो भने कर प्रणाली सुधारमा पनि केही महत्वपूर्ण उपलब्धि हासिल भएका छन्। यद्यपि, उनले राजनीतिक अस्थिरताका कारण व्यवसायीमा अनिश्चितता र त्रास बढेको स्वीकार गर्दै लगानीमैत्री वातावरण अपेक्षाअनुसार बन्न नसकेको बताए।

उनले आगामी दिनमा रोकिएका महत्वपूर्ण कानुन पारित गराउने, बजारलाई चलायमान बनाउने र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। विशेषगरी युवालाई स्वदेशमै रोजगारी सिर्जना गरी वैदेशिक पलायन रोक्न उत्पादनमुखी नीति अनिवार्य भएको उनको जोड छ।ढकालले व्यवसायीका हक–हितको संरक्षण, निजी क्षेत्रका समस्या समाधान तथा उद्योग–व्यवसायलाई प्रोत्साहन गर्ने नीति अघि बढाउने आफ्नो मुख्य दायित्व रहने स्पष्ट पारे।