शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

एक कांग्रेस चार ‘सभापति’, विवाद जताततै

काठमाडौं । निर्वाचनमा लज्जास्पद हार ब्यहोरेको नेपाली कांग्रेसभित्र दुई धार देखिँदा सभापतिका रूपमा मात्र चार जना नेता कायम देखिएको छ । जेनजी आन्दोलनअघि सभापति रहेका शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । १४औ ं महाधिवेशनबाट निर्वाचित देउवाले पद छाडेपछि विवाद बढ्दै जाँदा विशेष महाधिवेशनमार्फत गगनकुमार थापा सभापतिमा निर्वाचित भए । तर प्रतिनिधिसभा निर्वाचनमा भएको पराजयपछि उनले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिए । गगनको राजीनामापछि यतिबेला शर्माको सभापतित्वमा कांग्रेसको बैठक जारी छ । बैठकमा हारको समीक्षा र राजीनामाको विषयमा छलफल जारी रहँदा विशेष महाधिवेशनप्रति असन्तुष्ट नेताहरू भने गगन नेतृत्वको केन्द्रीय समितिको विकल्पको खोजीमा छन् ।

यसका लागि उनीहरूले राजनीतिक र कानुनी बाटोमार्फत रणनीति बनाइरहेको देउवा पक्षधर नेताहरूको दाबी छ । कांग्रेसभित्रका चारै जना सभापति पार्टी सत्ता कब्जा गर्न उद्धत भएपछि विवाद झनझन चर्किँदै गएको छ । १४औं महाधिवेशनबाट निर्वाचन सभापति शेरबहादुर देउवा उपचारका लागि अहिले सिंगापुरबाट हङकङ पुगेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले जेनजी आन्दोलनपश्चात् उपसभापति रहेका पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै पर्दापछिबाट नेता परिचालन गरिरहेका छन् ।देउवाबाट कार्यवाहक सभापतिको जिम्मेवारी पाएका खड्काले आइतबार पुरानै केन्द्रीय कार्यसम्पादन समितिको बैठक आफ्नै अध्यक्षतामा सम्पन्न गरेका छन् । धुम्बाराहीको एक होटलमा बसेको सो बैठकले केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । कांग्रेस नेता मीन विश्वकर्माका अनुसार खड्का समूहले बोलाएको केन्द्रीय समिति बैठकमा निर्वाचनको समीक्षालगायतका विषयमा छलफल हुनेछ । तर, बैठक कहिले र कहाँ बस्ने भन्ने’boutमा खड्काले शीर्ष नेताहरूसँग छलफल गरेपछि टुंगो लाग्ने छ ।

देउवाबाट कार्यवाहक सभापतिको जिम्मेवारी पाएका खड्का समूहको बैठक बस्दै गर्दा पार्टी केन्द्रीय कार्यालय सानेपामा विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले राजीनामा दिइसकेका छन् । उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक चलिरहेको छ ।विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापाले राजीनामा दिएपछि उपसभापति शर्मा स्वतः कार्यवाहक सभापति भएका छन् । निर्वाचनमा राम्रो परिणाम ल्याउन नसकेको कांग्रेसभित्र दुई सभापति र दुई कार्यवाहक सभापति गरी चार कार्यवाहक सभापति आ–आफ्नो जिम्मेवारीअनुसार पार्टी सञ्चालन गरिरहेका छन् । कांग्रेसभित्र आधिकारिक कांग्र ेस को भन्ने ’boutमा अदालतमा मुद्दा विचाराधीन छ ।

मुद्दाको छिनोफानो नहुन्जेल दुवै समूहले आफ्नो सक्रियता बढाउँदै पार्टीलाई मात्रै सक्रिय बनाएका छैनन्, गुटगत सक्रियतासमेत बढाएको अवस्था छ । खड्का समूहले बोलाएको बैठकमा नेताहरू प्रकाशमान कार्की, विमलेन्द्र निधि, शेखर कोइराला, शशांक कोइराला, विजयकुमार गच्छदार, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डेलगायतको सहभागिता थियो । खड्का समूहको बैठकमा गगन थापा, विश्वप्रकाश शर्मा समूहका नेताहरू सहभागी थिएनन् । यसअघि नै उनीहरूलाई कारबाही गरिएकाले बैठकमा नबोलाइएको खड्का समूहका नेताहरूले जनाएका छन् । उता, थापा–शर्मा समूहले बोलाएको केन्द्रीय समिति बैठकमा देउवा, खड्का, कोइराला समूहका नेताहरू सहभागी छैनन् ।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा शर्माले निर्वाचनमा टिकट नपाएका र नदिएका नेताहरूले असहयोग गर्दा पार्टीका आधिकारिक उम्मेदवार पराजय भएको निष्कर्ष निकालेको छ । थापा समूहले स्पष्ट रूपमा देउवा समूहका नेताहरूले निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगर्दा परिणाम राम्रो नआएको निष्कर्षमा पुगेको छ ।तर देउवा समूहका नेताहरूले निर्वाचनमा टिकट नपाए, नदिए पनि पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गरिएको दाबी गर्दै आएका छन् । देउवा समूहनिकटका नेता श्याम घिमिरेले पार्टीभित्रको अन्तर्घात र विशेष महाधिवेशनका कारण पार्टीले निर्वाचनमा पराजय ब्यहोर्नुपरेको दाबी गरेका छन् । विशेष महाधिवेशनमार्फत भएका क्रियाकलापका कारण पराजय ब्यहोर्नुपरेको उनले जनाएका छन् ।

‘विशेष महाधिवेशनको नाममा जे जस्तो भयो, त्यसको परिणाम पनि हामीले भोगिसक्यौं । हामीले चुनावको मुखमा आएर हामीले ५ महिनासम्म पार्टी भित्र झगडा गर्दै रह्यौँ विशेष महाधिवेशन कि नियमित महाधिवेशन भनेर,’ घिमिरेले भने, ‘यो झगडाले पार्टीभित्रको समग्र एकतालाई खलबल्यायो र त्यसको सन्देश पनि जनतामा असाध्यै नराम्रोसँग गयो । त्यो निर्वाचनको पराजयका लागि पनि मुख्य कारण बन्यो ।’पार्टीलाई गगनको नेतृत्वमा अघि बढाउने परिणाम राम्रो आउन सक्ने विश्वास भए पनि अब त्यो टुटेको घिमिरेले जनाएका छन् । गगनको नेतृत्वमा पार्टीले राम्रो परिणाम ल्याउँछ भन्ने जुन भ्रम थियो त्यो स्पष्ट भएको बताउँदै उनले आगामी निर्वाचनबाट पनि उनको नेतृत्वमा राम्रो परिणाम ल्याउन नसकिने स्पष्ट भएको जनाएका छन् । आजको राजधानी दैनिकमा समाचार छ।