शनिवार, ३० फागुन २०८२

images

शनिवार, ३० फागुन २०८२

शनिवार, ३० फागुन २०८२

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, १७ फागुन: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ  । गत शुक्रबारको तुलनामा सुन तोलामा रु पाँच हजार ६०० र चाँदी प्रतितोला रु दुई सय ४५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार ५०० कायम भएको छ । गत शुक्रबार  छापावाल सुन प्रतितोला रु तीन लाख १४ हजार ९०० मा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला रु पाँच  ९८५ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला रु पाँच हजार ७४० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।