शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

एमाले र ओलीलाई सिध्याउन खोज्नेहरू आफैं सकिन्छन्: निर्मल भट्टराई

नेकपा(एमाले)का केन्द्रिय सदस्य निर्मल भट्टराईले जेन् जीलाई ढाल बनाएर र भाद्र २३ र २४ गते घटाइएको आततायी विध्वंसकारी घटना एमाले र यसका महान राष्ट्रवादी अध्यक्ष के पी शर्मा ओलीलाई सिध्याउन रचिएको देशी- विदेशी प्रतिक्रियावादी हर्कत भएको टिप्पणी गरेका छन्। नेकपा(एमाले) मध्यपुर नगर कमिटीले आयोजना दुइपोखरीमा आयोजित जनसभामा उनले सो टिप्पणी गरेका हुन् । 

‘सिंहदरवार जलाउन राप्रपाका नेता, सर्वोच्च अदालत जलाउन माओवादी नेता, जेल भत्काउन र अभियुक्त र अपराधी छुटाउन रास्वपाका नेता कार्यकर्ताको सहभागिता र त्यसलाई सामाजिक सञ्जालमार्फत् मलजल गर्ने विदेशी शक्ति नै यो विध्वंसका दोषी हुन्”,उनको भनाइ थियो । उनले अगाडि थपे, “एमाले र ओलीलाई सिध्याउन जति प्रयास गरे पनि त्यो सफल हुने छैन, बरु उनीहरू नै समयक्रममा सकिनेछन्”।

सभालाई अर्का केन्द्रिय सदस्य गोविन्दप्रसाद दुलालले एमाले देशको प्रमुख पार्टी भएकोले निर्वाचनबाट नभाग्ने बताए । नगर अध्यक्ष सूर्यलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न सो सभालाई एमाले जिल्ला अध्यक्ष बचन देउजाले पनि सम्बोधन गरेका थिए ।