शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान : प्रमाण नष्ट गर्नसक्ने आशंकामा घर भत्काउन रोक

१५ चैत, काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ। यस क्रममा देउवा तथा उनका परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गरिएको जनाइएको छ। प्रमाण नष्ट हुन सक्ने आशंकाका आधारमा बुढानिलकण्ठमा रहेको  देउवा निवास परिसरमा भइरहेको घर भत्काउने कार्यमा  प्रहरीले रोक लगाएको छ।

यसअघि नै सत्ताको दुरुपयोग गर्दै अस्वाभाविक तथा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा देउवा परिवारविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो। स्रोतका अनुसार, पहिले संकलन गरिएका सूचना र प्रमाणलाई थप व्यवस्थित गर्दै अनुसन्धानलाई अगाडि बढाइएको हो। स्रोतका अनुसार पछिल्लो एक–डेढ वर्षमा जयबिर देउवा  र उनका नजिकका नातेदारहरूको नाममा करिब ७३ रोपनी जग्गा खरिद भएको विवरण संकलन गरिएको छ। 

स्रोतका अनुसार आरजु राणाको ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा संलग्नता तथा नेपाल टेलिकमको बिलिङ अनियमितता प्रकरणमा तत्कालीन सञ्चार सचिव बैकुण्ठ अर्याल मार्फत   भएको विवादास्पद निर्णयपछिका आर्थिक गतिविधिहरूको पनि छानबिन भइरहेको छ। यही सन्दर्भमा बूढानीलकण्ठस्थित निवास भत्काउने कार्य रोकिएको जनाइएको छ। देउवा परिवारले एउटै कम्पाउण्डभित्र दुई वटा बंगला निर्माण गरेका थिए, जसबारे पहिले नै उजुरी परेको थियो। ‘जेनजी आन्दोलन’ का क्रममा उक्त घरमा आक्रमण र आगजनीसमेत भएको थियो।