मङ्गलबार, ८ ब‌ैशाख २०८३

images

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

ओलीलाई टक्कर दिन भण्डारी संगठित रूपमै मैदानमा

सरकारमा भाग लिनु भनेको आफ्नो पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्न हो । त्यसअनुसार हामीले काम गर्न सक्यौँ कि सकेनौँ ? समीक्षा गर्ने वेला भएको छ । पार्टीभित्र विकृति, विसंगति फैलिएको छ, त्यसविरुद्ध म लडिरहन्छु ।

एमालेमा आफ्नो सदस्यता नै रोकेका अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्न पूर्वराष्ट्रपति विद्या भण्डारी संगठित रूपमै मैदानमा उत्रिएकी छिन् । एमाले विधान महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार नयाँ बानेश्वरमा सम्पर्क कार्यालय उद्घाटन गर्दै भण्डारीले ओली जनताको बहुदलीय जनवाद कार्यान्वयनमा असफल भएको इंगित गर्दै प्रतिस्पर्धाको मैदान नछाड्ने घोषणा गरेकी हुन् ।

ओलीले ६ साउनमा केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर भण्डारीको सदस्यतामै रोक लगाएका थिए । तर, कसैले रोक्दैमा एमाले राजनीतिमा आफ्नो ‘ब्रेक’ नलाग्ने चेतावनी दिँदै आएकी भण्डारीले सम्पर्क कार्यालय स्थापना गरेर नेतृत्वका लागि पाइला चालेकी हुन् । उक्त कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली, स्थायी समिति र केन्द्रीय समितिका केही नेताका साथै धेरै पार्टी सदस्य र नेता–कार्यकर्ता भएको बागमती प्रदेश र काठमाडौं जिल्ला अध्यक्षसहितलाई साथमा राखेर उनले ओलीसँग प्रतिस्पर्धाका लागि संगठित रूपमै मैदानमा आएको जनाउ पनि दिइन् । आगामी २० देखि २२ भदौमा ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन हुँदै छ ।

‘हुन त मेरो सदस्यताबारे प्रश्न छ । साथीहरू नेता भन्छन् । पार्टीको संगठित सदस्यमै प्रश्न उठाएको छ, यो च्यासलले । यसबारेमा के भन्न चाहन्छु भने मैले नेकपा माले हुँदादेखि ०३७ सालमा सदस्यता लिएकी हुँ । ४५ वर्ष भएछ । राष्ट्रपतिको शपथ खाने वेलामा नेकपा एमालेको सदस्य भएको ३५ वर्ष भएको थियो । पार्टीले विशेष निर्णय गरेर तपाईं जानैपर्छ भन्यो, शपथ खाएँ । मैले यो देशको राष्ट्रपतिले गर्नुपर्ने भूमिका एकदम मर्यादित ढंगले राम्रोसँग राष्ट्रको गौरव बढ्ने गरी गरेकी छु । इतिहासको पानाहरू खुला छन्,’ एमालेकै कार्यकर्ता भएर काम गर्ने भन्दै उनले अगाडि भनिन्, ‘सार्वजनिक रूपमा भनेकी छु, म आलोचनाभन्दा बाहिर छैन । सबैले मलाई आलोचना गर्न सक्नुहुन्छ, तर तथ्यका आधारमा हुनुपर्छ हरेक कुराहरू । म निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु र गरिरहन्छु ।’

भण्डारीले काठमाडौंका पूर्वउपमेयर विदुर मैनालीले दिएको घरमा मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गरेकी हुन् । त्यही साढे तीनतले भवनबाट नियमित रूपमा एमाले नेता–कार्यकर्तासँग भेटघाट गर्दै सक्रियता बढाउने योजनामा उनी छिन् । भण्डारीले सम्पर्क कार्यालय खोलेर दिएको राजनीतिक सन्देशलाई एमाले वृत्तमा महत्वका साथ हेरिएको छ । कार्यक्रम उद्घाटनपछि उनले आफ्नो लामो राजनीतिक यात्रा, जबजको उद्देश्य र समीक्षाको औचित्य, राष्ट्रपति हुँदा गरेका कामदेखि पार्टी सदस्यता रोक लगाइएकोसम्मका विषयलाई सम्बोधन गर्दै आफू एमालेको नेतृत्वमा आउन चाहनुको कारणहरू प्रस्ट्याउने कोसिस गरिन् । त्यसक्रममा उनले आफूलाई एमालेकै प्रभावशाली नेताकै रूपमा प्रस्तुत गरिन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।