मङ्गलबार, ८ ब‌ैशाख २०८३

images

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

बेल्टारमा भीषण आगलागी : २ जनाको ज्यान गयो, एक घाइते

८ वैशाख, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा मंगलबार बिहान भएको भीषण आगलागीमा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। प्रहरीका अनुसार आगलागीमा ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको छ । आगोमा जलेर अस्मिता खड्का घाइते भएकी छन् र उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ।

आज बिहान करिब पौने ३ बजे लक्ष्मीनारायण खड्काको घरबाट आगलागी सुरु भएको थियो। त्यतिबेला घरभित्रै सुतिरहेका उनीसहित अन्य परिवारजन आगोमा परेका थिए। आगलागीले लक्ष्मीनारायण खड्कासँगै रविन कुमार दास र सकलदेवको घर समेत पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् सर्टका कारण आगलागी भएको अनुमान गरिएको छ। 

घटनापछि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका तथा मधेश प्रदेशको सप्तरीस्थित कञ्चनरूप नगरपालिकाबाट दमकल परिचालन गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सक्रिय सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।