बुधबार, २८ माघ २०८२
२७ माघ, काठमाडौं । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा अहिलेसम्म मृतकको संख्या ९ पुगेको छ । काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको प्रदेश ३-०१-९९५ख९९७५ नम्बरको बस तामाकोशीमा खसेको हो । अहिले बस खसेको स्थानमा खोजी गर्दा थप ३ वटा शव फेला परेको हो । सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको छ ।