बिहिबार, २४ ब‌ैशाख २०८३

images

बिहिबार, २४ ब‌ैशाख २०८३

बिहिबार, २४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ, २४ वैशाख : नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ । महासङ्घको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानअनुसार अञ्जन श्रेष्ठ उक्त संस्थाको नेतृत्वमा पुग्नु भएको हो । अध्यक्ष श्रेष्ठसँगै निर्वाचित पदाधिकारीले कार्यभार सम्हालेका हुन् । निजी क्षेत्रको मनोबल बढाउने वातावरण निर्माण गर्न सरकारसँग निरन्तर संवाद र सहकार्य गर्ने पदबहालीपछि अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा पद हस्तान्तरण गर्नुभएको हो ।