शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

जेनजी प्रदर्शन : १९ जनाको मृत्यु, ३ सय ५० बढी घाइते

देशका  विभिन्न अस्पतालमा ३ सय ५० भन्दा बढी घाइतेको उपचार भइरहेको छ ।

सोमबार भएको जेनजीहरूको प्रदर्शनमा  मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म काठमाण्डौमा १७ र इटहरीमा २ जना गरि  १९ जनाको मृत्यु भएको छ । देशका  विभिन्न अस्पतालमा ३ सय ५० भन्दा बढी घाइतेको उपचार भइरहेको छ ।

सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियो । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ । भ्रष्टाचार र सामाजिक संजाल बन्दको  विरुद्ध 'जेन–जी'हरु प्रदर्शनमा उत्रिएका हुन् । अहिले  काठमाडौंसहित देशका मुख्य सहरहरुमा प्रदर्शन भइरहेको छ ।