शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

क्षति र पीडा बीच उठ्दै निजी क्षेत्र : ‘गुमेको सपनाभन्दा बलियो संकल्प’

जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटबाट अर्बौँको क्षति व्यहोरेको निजी क्षेत्र फेरि उठ्ने संकल्पका साथ अघि बढेको छ।

जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटबाट अर्बौँको क्षति व्यहोरेको निजी क्षेत्र फेरि उठ्ने संकल्पका साथ अघि बढेको छ। हिल्टन होटेल, एनसेल, भाटभटेनी सुपरमार्केट, बिगमार्ट, सिजी, चन्द्रागिरि केबलकारदेखि घर–घरमा समेत भएको अराजक आक्रमणले उद्योगी–व्यवसायीलाई ठुलो घाउ लगाएको भए पनि उनीहरूले ‘रोजगारी सिर्जना र लगानी’लाई अझै बलियो प्राथमिकता दिने उद्घोष गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले फेसबुकमार्फत देशभरका व्यवसायीलाई नआतिन र नथाक्न आह्वान गर्दै भने,“आगोले इँटा र काठ जलाए पनि हाम्रो हौसला जलाएको छैन। आजैदेखि पुनर्निर्माण र नयाँ लगानीमार्फत अर्थतन्त्रलाई उठाऔँ।”भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले ‘भाटभटेनीमा अझै आगो बलिरहेको छ तर आफू हार मान्ने छैन’ भन्दै पुनर्निर्माणमा जुट्ने घोषणा गरेका छन्।

त्यस्तै, निवर्तमान अध्यक्ष शेखर गोल्छाले ‘लोकतन्त्र सुदृढ होस् भन्ने विश्वासका साथ लगानी र रोजगारी सिर्जनामा अझ प्रतिबद्ध रहने’ प्रतिवद्धता जनाएका छन्। चौधरी ग्रूपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने,“हाम्रा भवनहरू जलाउन सकिन्छ तर सपनाहरू जलाउन सकिँदैन। हामी केवल बाँच्ने होइन, अझ उज्ज्वल भविष्य निर्माण गर्नेछौँ।”भूकम्पदेखि महामारीसम्मका संकट झेलिसकेको निजी क्षेत्रले यसपटक पनि खरानी टकटक्याउँदै उठ्ने संकल्प जाहेर गरेको छ। उनीहरूको एउटै संदेश छ-“पीडा ठूलो छ, तर संकल्प अझ ठूलो।”