आईतबार, ३ साउन २०८३

images

आईतबार, ३ साउन २०८३

आईतबार, ३ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

संविधान अनुसार अभ्यास गर्नु लोकतान्त्रिक पद्दति हो : ओली

काठमाडौँ, २१ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानको पालना गरी सोहीअनुसार अभ्यास गर्नु लोकतान्त्रिक पद्दति भएको बताउनुभएको छ । एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागद्वारा आज यहाँ आयोजित विद्वत्वर्गसँगको अन्तरसंवादमा अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि आवश्यकताको सिद्धान्तका नाममा सरकार गठन हुनु र संसद् विघठन हुन संविधानविपरीत भएको जिकिर गर्नुभयो । 

“पूर्वप्रधानन्यायाधीश राष्ट्रिय मानव अधिकार आयोगमा बाहेक अन्य कार्यकारी भूमिकामा आउनु असंवैधानिक हो भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता छ”, उहाँले भन्नुभयो, “विधिवत् जनादेशलाई मिचेर संविधानविपरीत स्वेच्छाचारी ढङ्गले सरकार चल्न सक्दैन ।”प्रतिनिधिसभा पुनःस्थापना गरेर मुलुकलाई निकास दिनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।