बिहिबार, १७ बैशाख २०८३
२००८ April 2 UN विश्व अटिजम सचेतना दिवस घोषणा भए पश्चात विश्व भरी नै विभिन्न क्रियाकलापहरु गरी मनाउने र अटिजम सचेतना जगाउने चलन छ । यस दिनमा अटिजम भएका व्यक्तिहरुको चुनौतीहरु-लक्षणहरु समाजलाई बुझाउने मात्र नभई उहाँहरुको सिप, कला, दक्षताहरु चिनाउने, दिनको रुपमा पनि लिईन्छ। विकसित राष्ट्रहरुमा स्वंम सरकारी निकायबाट नै यस दिनलाई विश्व चासो दिदै मनाउदै आएको पाईन्छ । यस वर्ष पनि UN को नारा æCelebrate difference, Autism and Humanity-Every Life has ValueÆ lbO दिईएको छ ।
सन् २०२५ Center for Disease Control and Prevention (CDC) को तथ्यांक अनुसार हरेक १/३१ बच्चा अटिजमको अवस्था लिएर जन्मने देखाईएको छ र यस्तो बढ्दो संख्या हरेक राष्ट्रको लागि चुनौती र चिन्ता÷चासोको विषय रहेको छ । यी बालबालिकाहरु भबिष्यमा बयस्क हुन्छन् र सानै उमेरमा सहि समय सापेक्ष हस्तेक्षप गर्नु उहाँहरुलाई भविष्यमा क्रियाशील जीवन तर्फ उन्मुख गराउन एउटा न्युनतम आवश्यकता हो भन्ने सर्वमान्य छ । साथै यस्तो नभएमा उहाँहरु परीवार र समाजमा नै आशीत हुनपर्दा सबैको लागी बोक्ष बन्ने चुनौती प्रष्ट देखाउँछ ।
अटिजम मस्तिस्कको विविधता हो (Neurodivergent condition ) यस फरक अवस्थालाई सहि तरिकाले तालीम दिन र सक्षमता अनुशारको मार्ग निर्देशन गर्दै रोजगार सम्ममा समाबेस गराउनु पर्ने आवश्यतालाई दर्शाउन UN ले अटिजम भएका ब्यक्तिको विशिष्ट विविधतालाई स्वीर्कानु पर्ने मानवीय धर्म रहेको किनकी हरेक जीवन मुल्यवान रहेको कुरालाई उजागर गराउन कोसिस गरिएको हो ।अटिजम केयर नेपाल सोसाईटीको (ACNS) जन्म 2008 2nd April कै दिन भएको थियो र विगतका वर्षहरुमा पनि राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरु गर्दै, मनाउर्दै आएका छौै ।
यस वर्ष पनि ACNS, विभिन्न Talkshow, सडक नाटक, प्रशिक्षण तालिमहरु (अभिभावक तथा शिक्षकहरु) निलो बत्ती बालेर साथै जावलाखेलको ललित मण्डप प्राङ्गनमा बिभिन्न Stakeholder (अभिभावक, अटिजम भएका भाईबहिनीहरु, अटिजम बिशेषशज्ञहरु÷प्रशिक्षकहरु, समाजसेवी, सरकारी निकायका पदाधिकारीहरुको उपस्थितीमा विभिन्न कार्यक्रमहरु मनाउदै छौ । यस अटिजम भएका भाईबहिनीहरुको प्रस्तुती, उहाँहरुको sibling, सडक नाटक, sibling ईत्यादी रहेका छन । यस वर्ष हामीले बिशेष गरी अटिजम भएका ब्यक्तिका दाजु भाइ दिदिबहिनी ( Art Exhibition ) हरुको महत्व उहाँहरुको चुनौती ईत्यादीलाई उजागर गर्न Flash mob हरुको उयमअबकत ईत्यादी गरी उहाँहरुको Issue लाई समाज अघि ल्याउन कोसिस गरेका छौं ।
अटिजम जीवन उपरान्त रहने मस्तिस्कको बिशेष अवस्था हो । उमेरसगैं उहाँहरुलाई दिने सेवा, सिप सबै परिवर्तनशिल रहन्छ, वास्तवमै, अधिकतम अटिजम ब्यक्तिहरुलाई जीवनभर विभिन्न Level को सहयोग चाहिन्छ तर उहाहरुलाई सही तालीमसीप प्रदान गरिएका समाजलाई ठुलो योगदान पनि पु¥याउन सक्षम हुनुहुन्छ । उहाँहरुको विशिष्ट क्षमता, विविधता चिन्न स्वीर्कान सक्यौ भने हामीले एउटा सकारात्मक समाज निर्माण गर्न हरेक एक जनाले योगदान दिन सक्छौै । अटिजमलाई चिनेर मात्र पुग्दैन, अटिजमलाई गहिरिएर बुक्ष्न साथै स्वीकार्न आवश्यक छ ।