शनिवार, ३० फागुन २०८२
बुटवल । रुपन्देही क्षेत्र नम्बर–२ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद पौडेलप्रति मतदाताको भरोसा र समर्थन बढ्दै गएको देखिएको छ। पछिल्ला दिनहरूमा सञ्चालन भइरहेको घरदैलो अभियानका क्रममा टोल–टोलमा स्थानीय मतदाताको उल्लेखनीय सहभागिता र सकारात्मक प्रतिक्रिया देखिएको छ। पौडेलको चुनावी अभियान दिनप्रतिदिन उत्साहजनक बन्दै गएको छ । टोल–टोलमा भइरहेको घरदैलो अभियानका क्रममा मतदाताले देखाएको विश्वास र साथले कांग्रेसमा नयाँ ऊर्जा थपिएको छ ।
बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका लगायत विभिन्न स्थानमा पुगेका पौडेललाई स्थानीय बासिन्दाले स्वागत गर्दै आफ्ना समस्या र अपेक्षाहरू सुनाइरहेका छन्। मतदाताहरूले विकास, रोजगारी, शिक्षा र स्वास्थ्य सेवामा सुधारको अपेक्षा राख्दै यसपटक परिवर्तन चाहिएको धारणा व्यक्त गरिरहेका छन्। पौडेललाई स्थानीयले उत्साहपूर्वक स्वागत गर्दै आफ्ना समस्या, सुझाव र अपेक्षाहरू राखिरहेका छन्। मतदाताहरूले विशेष गरी विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनका विषयमा ठोस पहल आवश्यक रहेको बताएका छन्।
घरदैलो अभियानका क्रममा पौडेलले रुपन्देही–२ लाई आर्थिक, सामाजिक तथा पूर्वाधार विकासको केन्द्र बनाउने प्रतिबद्धता जनाएका छन्। उनले युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने, कृषिलाई आधुनिक बनाउने र सुशासन कायम गर्ने आफ्नो प्राथमिकता रहेको बताएका छन्। जनताको विश्वास र आशालाई सम्मान गर्दै रुपन्देहीको समग्र विकासका लागि इमान्दार भएर काम गर्ने भन्दै पौडेलले भने,“जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। रुपन्देहीको समृद्धि, युवाको भविष्य र पारदर्शी शासन सुनिश्चित गर्न इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
यहाँका युवालाई रोजगारी, किसानलाई उचित बजार र नागरिकलाई सहज सेवा दिनु मेरो मुख्य लक्ष्य हो।”पौडेलको अभियानमा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ। घरदैलो कार्यक्रममा स्थानीय युवा, महिला तथा व्यवसायी समुदाय सक्रिय रूपमा सहभागी भइरहेका छन्। उनीहरूले विकासमुखी सोच भएका नेतृत्वलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्। निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–२ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यस्तो अवस्थामा घरदैलो अभियानमा देखिएको उत्साह र मतदाताको सकारात्मक प्रतिक्रिया पौडेलका लागि जितको बलियो आधार बन्ने देखिन्छ ।
जनताको आशा र विश्वासलाई साथमा लिएर अघि बढिरहेका पौडेलले रुपन्देही–२ मा विकास र समृद्धिको नयाँ अध्याय सुरु गर्ने लक्ष्यसहित चुनावी मैदानमा सक्रियता बढाइरहेका छन्। रुपन्देही–२ यसपटकको निर्वाचनमा निकै चासोको केन्द्र बनेको छ। यस क्षेत्रमा विगतमा निर्वाचित एमालेका उपाध्यक्ष बिष्णु प्रसाद पौडेल प्रतिस्पर्धामा रहेकाले निर्वाचन थप रोचक बनेको छ । जनताको बिस्वास र भरोसा कसलाई रहन्छ त्यो हेर्न भने फागुन २१ को निर्वाचनपछिको मत परिणामले निर्धारण गर्नेछ।