मङ्गलबार, ८ ब‌ैशाख २०८३

images

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मङ्गलबार, ८ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

ज्योति विकास बैंकले गर्यो सातै वटा प्रदेशमा वृक्षारोपण

ज्योति विकास बैंक लिमिटेडले देशव्यापी रूपमा सातै वटा प्रदेशमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकले देशभर सात विभिन्न प्रदेशको विभिन्न स्थानमा कार्यक्रम गरी १७०० वटा वृक्षारोपण गरेको छ। उक्त कार्यक्रम बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत गरेको हो। कार्यक्रम अन्तर्गत सातै प्रदेशमा समान रूपमा वृक्षारोपण गर्दै प्रत्यक प्रदेशमा २५० वटा बिरुवा रोपिएको हो। यस पहलमार्फत वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यसहित स्थानीय समुदायमा हरियाली विस्तार, स्वच्छ वातावरणको संरक्षण तथा जनस्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने लक्ष्य बैंकले लिएको छ। 

रोपिएका बिरुवाहरूले दीर्घकालमा स्वच्छ हावाको आपूर्ति, पारिस्थितिक सन्तुलनको संरक्षण तथा दिगो जीवनशैलीको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ। ज्योति विकास बैंकले आफ्नो १७औ वार्षिकोत्सवको अवसरमा लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्य गरी देशव्यापी वृक्षारोपण गर्ने घोषणा गरेको थियो। उक्त सहकार्य सम्झौता अनुरुप उक्त कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै वृक्षारोपण सम्पन्न गरेको छ। ज्योति विकास बैंकले आगामी दिनहरूमा पनि यस्ता प्रभावमुखी सामाजिक पहलहरूलाई निरन्तरता दिँदै समाजको समग्र विकास र अभ्युदयमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ। आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। 

स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ७० वटा न्यानो नानी मार्फत हरेक वर्ष २५९० भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। यस्ता जीवन रक्षण गर्ने सर्वप्रधान क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ। ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।