शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

शिक्षा नै सच्चा सम्पत्ति हो

प्राचीन कालका ऋषि–मुनि, सन्त–महात्मा र अनेकानेक विभूतिहरू जो भएर गएका छन् उनले कुसंगतबाट बच्नको लागि एवं सत्यताको मार्गमा चल्नको लागि उपदेश दिएर कुरीति, अत्याचार, दुराचारबाट छुटाएका छन् । जसरी महात्मा बुद्ध भ्रमण गर्दै एक पटक मगध देशको एक शहरमा पुगे र देखे त्यहाँका व्यक्ति धेरै दुःखी छन् ।

शिशिर श्रेष्ठ
शिक्षा त्यो हो जो जीवनमा चरित्रको निर्माण गर्छ । जीवनलाई अन्धकारबाट प्रकाश तिर लिएर जान्छ । मनलाई नकारात्मक सोचबाट दूर श्रेष्ठ सदाचारी बनाउँछ । वर्तमान समय अनेकानेक समस्याको कारण हर मानव विशेष युवा पनि श्रेष्ठ शिक्षाबाट वञ्चित हुँदैछन् । हिंसा, निराशा, तनाव प्रकृतिको भयंकर प्रकोपको कारण वातावरणमा पनि अस्वस्थतां बढ्दै जाँदैछ । मनको अशान्तिको कारण युवामा फेसन, वासना अर्थात् आधुनिकता तिरको दौड बढ्दै जाँदै छ । दिनानुदिन नशालु पदार्थ तिर आकर्षित भएर आफ्नो अमूल्य जीवन मूल्यरहित बनाउँदैछ । यसैले सौजन्यपूर्ण आचरण प्रायः लोप हुँदै गइरहेको छ । याद आउँछ – एक महत्वाकाँक्षी युवा भविष्यको रूपरेखाको सम्बन्धमा धन, पद अनेकानेक स्थूल प्राप्ति पाउनको लागि अनेक योजना बनाएर एक विद्वान् कहाँ गयो । विद्वान्ले ध्यानपूर्वक त्यो सूची देखे र उनलाई फर्काइ दिए । अनि भने पहिले आफ्नो चरित्र निर्माण र शिष्टाचारको प्रमाण श्रेष्ठ विचार विना कोही पनि बन्न सक्दैन । ठूलो बन्नको लागि सरलचित्त, निष्कपट र प्रसन्न हुनुपर्छ । सही शिक्षा नै मानव जीवनलाई प्रगतिशील बनाउन सक्छ । उनको मन–वचन–कर्मलाई श्रेष्ठ मार्ग तिर प्रोत्साहन गर्छ ।

प्राचीन कालका ऋषि–मुनि, सन्त–महात्मा र अनेकानेक विभूतिहरू जो भएर गएका छन् उनले कुसंगतबाट बच्नको लागि एवं सत्यताको मार्गमा चल्नको लागि उपदेश दिएर कुरीति, अत्याचार, दुराचारबाट छुटाएका छन् । जसरी महात्मा बुद्ध भ्रमण गर्दै एक पटक मगध देशको एक शहरमा पुगे र देखे त्यहाँका व्यक्ति धेरै दुःखी छन् । सोधे तिमीहरू किन दुःखी छौ ? त्यहाँका व्यक्तिहरूले बताए, यहाँ एक अंगुलीमाल नामको डाकु रहन्छ । त्यो हरेक दिन एक व्यक्तिको एक औंला काटेर देवीको पूजा गर्छ । महात्मा बुद्ध अंगुलीमाल डाँकु भएको ठाउँ पुगे र भने “तिमी हौ अंगुलीमाल” । अंगुलीमालले तलवार उठायो र उसको हात काँप्न थाल्यो अनि उसले तुरून्त तरवार फालि दियो । ऊ महात्मा बुद्धको चरणमा पर्यो । आफ्नो पापको प्रायचित्त गर्न थाल्यो । त्यही डाकु महात्मा बुद्धको संगतबाट डाँकुबाट बौद्ध भिक्षु बन्यो । भनिन्छ जस्तो “संग त्यस्तै रंग” । त्यसैले शिक्षा त्यो जसमा आध्यात्मिकताको सिंचन हुन्छ । जसले मानव जीवनलाई आदर्श बनाउँछ । संयम, नियम सिकाउँछ । 

साहसिक र उत्साहित बनाउँछ हामी सबै जान्दछौं भारतका पूर्व राष्ट्रपति प्रसिद्ध वैज्ञानिक डा. अव्दुल कलाम सन् १९५८ मा रक्षा अनुसन्धान एवं विकास संगठन सँग आवद्ध भए । त्यहाँ उनले “हार्वर क्राफ्ट” को विकासको काम हातमा लिए, काम बडो जटिल थियो । केही व्यक्तिहरूले उनलाई सल्लाह दिए – यस मामिलामा तपाईं इन्डियन “इन्स्टिच्यूट अफ साइन्स” का प्रोफेसर सतीस धवन सँग भेटनु होस् । डा. कलामले प्रोफेसर धवन सँग भेटे । उनले भने तपाईं १० हप्ता सम्म हरेक शनिबार मेरो कक्षामा आउनुहोस्, उनले पूरा कोर्सको कार्यक्रम निर्धारित गरेर यसलाई ब्लाकबोर्डमा लेखिदिए । उनले कोर्स शुरू हुनु अघि सामग्री र किताब सबैलाई दिए । डा. कलामले पनि कसर छोडेनन् र प्रोफेसर धवनले पनि कठिन भन्दा कठिन सोधेका प्रश्नको उत्तर दिए । आखिर छात्रको उत्साह देखेर उनलाई अगाडि बढाउनु भयो । डा. कलामले यसबाट यो सिके कि कुनै पनि कार्य गर्नमा समस्या आउँछ तर त्यसको प्रतिरोध गरेर अगाडि बढ्नमा नै महानता छ ।

यसरी आचार्य चाणक्यको इमान्दारी, छत्रपति शिवाजी महाराजको वफादारी, स्वामी विवेकानन्दको एकाग्रता, सन्त विनोवाभावेको श्रेष्ठ शिक्षादायी प्रेरणा, महात्मा गान्धीको धैर्य, सत्य, प्रेम, अहिंसा, ब्रह्मचर्यको पालनाको साधनाबाट देशलाई स्वतन्त्र गरे । अब्राहम लिंकनले पनि आफ्नो जीवनबाट मान्छेहरूलाई सही शिक्षाबाट प्रेरित गरे । यस्ता अनेकानेक महानुभाव विश्वको अगाडि एक उदाहरण रूप बने जसले आफ्नो बौद्धिक शक्तिको साथै आध्यात्मिक शिक्षालाई ग्रहण गरेर समाजको लागि आदर्श बने । अतः भौतिक शिक्षाको साथै आध्यात्मिक शिक्षा पनि सच्चा सम्पत्ति हो । प्रजापिता ब्रह्माकुमारी विश्व विद्यालयमा यो शिक्षा स्वयं परमपिता निराकार शिव प्रजापिता ब्रह्माबाबाको माध्यमबाट दिइरहनुभएको छ । यसबाट बाल, युवा, वृद्ध, नर–नारी प्रत्येक मानव आत्मामा यो ईश्वरीय शिक्षा प्रगतिशील बनाउँछ । आपसी सद्भावना मानवीय मूल्यको सिंचन गर्दछ । शैक्षणिक स्तरलाई उच्च उठाउँछ । हर समस्याको समाधान गर्छ । यसबाट मनुष्यको आहार, विहार, व्यवहार सत्कर्मयुक्त बन्छ । यस्तो शिक्षा नै सच्चा सम्पत्ति हो । यसले मानव जीवनलाई स्वस्थ, स्वच्छ र सन्तुलित बनाउँछ ।