लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

जडीबुटी संकलन गर्न गएका सम्पर्कविहीन १० जना सकुशल

समाचार

जडीबुटी संकलन गर्न गएका सम्पर्कविहीन १० जना सकुशल

न्युज बिहानी
न्युज बिहानी
Shares
जडीबुटी संकलन गर्न गएका सम्पर्कविहीन १० जना सकुशल

हुम्ला, १२ असोजः जडीबुटी सङ्कलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि परिवारको सम्पर्कमा नरहेका हुम्लाका १० जना सकुशल सम्पर्कमा आएका छन् । सिमकोट गाउँपालिका–२ ठेहेगाउँका उनीहरू भदौ २८ गते जडीबुटी सङ्कलनका लागि खार्पुनाथ गाउँपालिका–५ र चङ्खेली गाउँपालिका–४ को सीमामा पर्ने लुर्पेखोला जङ्गलतर्फ गएका थिए ।

असोज ८ गतेदेखि परिवारसँग सम्पर्क हुन नसकेपछि यसबारे आफन्तले प्रशासनलाई जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार सोमबार दशै जना सकुशल सम्पर्कमा आएका बताउनुभयो । सम्पर्कमा आउनेमा धनमान सिंह बोहरा, पिजली बोहरा, पुन बोहरा, गोरसिंह भण्डारी, धनपुरी बोहरा, पलिवन बोहरा, जुन बोहरा, नर भण्डारी, खिम भण्डारी र लक्ष्मी बोहरा रहेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup