लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

अपर त्रिशूली–३ ‘बी’को क्याम्पमा लेदोको कहर : बालबालिकासहित ४३ जना सम्पर्कविहीन

समाचार

अपर त्रिशूली–३ ‘बी’को क्याम्पमा लेदोको कहर : बालबालिकासहित ४३ जना सम्पर्कविहीन

लेदोभित्र पुरिएका व्यक्तिहरू जीवितै उद्धार हुनसक्ने सम्भावना रहेको भन्दै उद्धारमा संलग्न निकायलाई उच्च प्राथमिकताका साथ काम गर्न आग्रह गरिएको छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
अपर त्रिशूली–३ ‘बी’को क्याम्पमा लेदोको कहर : बालबालिकासहित ४३ जना सम्पर्कविहीन

काठमाडौं, भदौ १६ । अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीपछि ४३ जना सम्पर्कविहीन भएका छन्। बाढीबाट भागेर ज्यान जोगाउन सफल प्रत्यक्षदर्शी कर्मचारीका अनुसार क्याम्प क्षेत्रमा रहेको घर बाढीले बगाएको नभई ठूलो मात्रामा आएको लेदोले पुरिएको हो। उक्त घरभित्र आयोजनाका वरिष्ठ कर्मचारी, परामर्शदाता, इन्टर्न विद्यार्थी, कर्मचारीका परिवार तथा साना बालबालिकासमेत रहेको बताइएको छ। घटनापछि उनीहरू सम्पर्कविहीन रहेको र घर लेदोमा पुरिएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको जनाइएको छ।

सम्पर्कविहीनमध्ये २२ जना आयोजनाका कर्मचारी तथा सुरक्षाकर्मी, ७ जना कर्मचारीका परिवारका सदस्य, ११ जना परामर्शदाता चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीका कर्मचारी र ३ जना काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपमा गएका विद्यार्थी रहेको विवरण सार्वजनिक गरिएको छ। सम्पर्कविहीनमध्ये आयोजना प्रमुख इन्दिबर घिमिरे, उपप्रबन्धक प्रकाशनिधि तिवारी, सहायक प्रबन्धक राजेश शर्मा, इन्जिनियरहरू सोमनाथ पौडेल, प्रमिला पाठक र दिपेश श्रेष्ठलगायत कर्मचारी रहेका छन्।

त्यस्तै, कर्मचारीका परिवारका सदस्यमा ३ देखि ४ वर्षभन्दा कम उमेरका बालबालिकासमेत रहेको विवरणमा उल्लेख छ। आदित्य पौडेल शर्मा, आदिश्री पौडेल शर्मा, शिवांश पौडेल, त्रिशा पौडेल र कियान्शा अधिकारीलगायत बालबालिका सम्पर्कविहीन रहेको जनाइएको छ।परामर्शदाता कम्पनीतर्फ वरिष्ठ टोली नेता कमलबहादुर पाण्डे, ठेक्का इन्जिनियर मनोज केसी, वरिष्ठ भूगर्भविद् सुमेस अमात्य, वरिष्ठ निर्माण इन्जिनियर निरज श्रेष्ठलगायत ११ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

त्यस्तै, काठमाडौं विश्वविद्यालयबाट प्रयोगात्मक अभ्यासका लागि आयोजनामा पुगेका सृष्टि बास्तोला, समीर पौडेल र शिशिर गिरी पनि सम्पर्कविहीन रहेको जनाइएको छ। उनीहरू सिभिल इन्जिनियरिङ चौथो वर्षका विद्यार्थी हुन्। घटनापछि उद्धारमा ढिलाइ भइरहेको भन्दै तत्काल आधुनिक उपकरणसहित लेदो हटाउने र खोज तथा उद्धार अभियान तीव्र बनाउन माग गरिएको छ। लेदोभित्र पुरिएका व्यक्तिहरू जीवितै उद्धार हुनसक्ने सम्भावना रहेको भन्दै उद्धारमा संलग्न निकायलाई उच्च प्राथमिकताका साथ काम गर्न आग्रह गरिएको छ।

घटनास्थलमा ठूलो मात्रामा लेदो जमेकाले सामान्य उपकरणबाट उद्धार गर्न कठिन हुने भन्दै आधुनिक उत्खनन तथा उद्धार उपकरण तत्काल परिचालन गर्नुपर्ने माग गरिएको छ। सम्पर्कविहीन ४३ जनाको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेको अवस्थामा उनीहरूको खोजी तथा उद्धारलाई तीव्र बनाउनुपर्ने आवाज उठेको छ।
#MissingUpdate: सम्पर्कमा नभएका/पुरिएका ४३ जना व्यक्तिहरूको नामावली:
१. आयोजनाका कर्मचारी तथा सुरक्षाकर्मी (२२ जना):
 १. इन्दिबर घिमिरे – आयोजना प्रमुख (सम्पर्क: ९८५११८५०९०, उमेर: ६२ वर्ष)
 २. प्रकाशनिधि तिवारी – उपप्रबन्धक (सम्पर्क: ९८५११२८०४६, उमेर: ५३ वर्ष)
 ३. राजेश शर्मा – सहायक प्रबन्धक (सम्पर्क: ९८५११४५०६३, उमेर: ३४ वर्ष)
 ४. सोमनाथ पौडेल – इन्जिनियर (सम्पर्क: ९८४१५२३१२०, उमेर: ३७ वर्ष)
 ५. प्रमिला पाठक – इन्जिनियर (सम्पर्क: ९८४३४८१६४६, उमेर: ३२ वर्ष)
 ६. दिपेश श्रेष्ठ – इन्जिनियर (सम्पर्क: ९८५११०८०७८, उमेर: ३७ वर्ष)
 ७. शंकर प्याकुरेल – वातावरणविद् (सम्पर्क: ९८४३४०६७८५, उमेर: ३१ वर्ष)
 ८. महेश्वर रिजाल – सहायक प्रशासन अधिकृत (सम्पर्क: ९८४१५४४५०५, उमेर: ४१ वर्ष)
 ९. रमला गुरुङ – प्रशासन सहायक (सम्पर्क: ९८४३५८४८३७, उमेर: ३२ वर्ष)
 १०. ईश्वरप्रसाद भट्ट – प्रशासन सहायक (सम्पर्क: ९८६१४९२७४३, उमेर: ४२ वर्ष)
 ११. पुष्पराज भट्टराई – सहयोगी (सम्पर्क: ९८४३१२३०३५, उमेर: ४२ वर्ष)
 १२. भगवानदिन चौधरी – सहयोगी (सम्पर्क: ९८४३११६५२१, उमेर: ३९ वर्ष)
 १३. जितबहादुर चौधरी – चालक (सम्पर्क: ९८५१२३०१०५, उमेर: ३६ वर्ष)
 १४. रामकुमार थारु – चालक (सम्पर्क: ९८५१२१५३८५, उमेर: ४६ वर्ष)
 १५. समुन्द्र आचार्य – चालक (सम्पर्क: ९८४३९६४५०३, उमेर: २७ वर्ष)
 १६. रामशरण वाइबा – सहयोगी (सम्पर्क: ९८६००५६९०३, उमेर: ३७ वर्ष)
 १७. कृष्णकुमार खड्का – चालक (सम्पर्क: ९८४१५८३६२, उमेर: ४७ वर्ष)
 १८. विमला गुरुङ – कार्यालय सहायक (सम्पर्क: ९८४०६८३१२०, उमेर: ३२ वर्ष)
 १९. शकुन्तला गुरुङ – कार्यालय सहायक (सम्पर्क: ९८४१६९८३०१, उमेर: ४६ वर्ष)
 २०. चरीमाया गुरुङ – कार्यालय सहायक (सम्पर्क: ९८४३७९३१६२, उमेर: ५० वर्ष)
 २१. प्रजिना तामाङ – कार्यालय सहायक (सम्पर्क: ९८६००८४७९८, उमेर: ३५ वर्ष)
 २२. जयबहादुर गुरुङ – सुरक्षा गार्ड
२. सम्पर्कमा नभएका कर्मचारीका परिवारका सदस्यहरू (७ जना):
 २३. आदित्य पौडेल शर्मा (उमेर: ३.५ वर्ष)
 २४. आदिश्री पौडेल शर्मा (उमेर: ३.५ वर्ष)
 २५. शिवांश पौडेल (उमेर: २.५ वर्ष)
 २६. त्रिशा पौडेल (उमेर: २.५ वर्ष)
 २७. कियान्शा अधिकारी (उमेर: २ वर्ष)
 २८. गीता अधिकारी (उमेर: ५० वर्ष)
 २९. तारा उपाध्याय (उमेर: ३३ वर्ष)
३. परामर्शदाता चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीका कर्मचारी (११ जना):
 ३०. कमलबहादुर पाण्डे – वरिष्ठ टोली नेता (सम्पर्क: ९८४१५१५१५१)
 ३१. मनोज के.सी. – ठेक्का इन्जिनियर (सम्पर्क: ९८०८१५५३९५)
 ३२. सुमेस अमात्य – वरिष्ठ भूगर्भविद् (सम्पर्क: ९८४१९०४९२१)
 ३३. निरज श्रेष्ठ – वरिष्ठ निर्माण इन्जिनियर (सम्पर्क: ९८४३१२३२५६)
 ३४. मोनी दाहाल – प्रशासन तथा लेखा अधिकृत (सम्पर्क: ९८०८६४२०५२)
 ३५. रविन्द्रकुमार यादव – वरिष्ठ विद्युतीय इन्जिनियर (सम्पर्क: ९८४९२४८८८१)
 ३६. प्रबिन अमात्य – सिभिल इन्जिनियर (सम्पर्क: ९८४३०३८९३३)
 ३७. प्रतिक भट्ट – ठेक्का तथा योजना इन्जिनियर (सम्पर्क: ९८६१५८२६३६)
 ३८. हेमन्तराज जोशी – सिभिल इन्जिनियर (सम्पर्क: ९८४९६२८६१४)
 ३९. महेश नेपाली – चालक (सम्पर्क: ९८२३६६८५३३)
 ४०. खिलबहादुर बुढाथोकी / पुनम न्यौपाने – भान्से टोली (सम्पर्क: ९८६३८५३१८८ / ९८४३०६७८५८)
४. काठमाडौँ विश्वविद्यालयबाट प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) मा गएका विद्यार्थीहरू (३ जना):
 ४१. सृष्टि बास्तोला – सिभिल इन्जिनियरिङ चौथो वर्ष (सम्पर्क: ९७६३२५९१५२, उमेर: २१ वर्ष)
 ४२. समीर पौडेल – सिभिल इन्जिनियरिङ चौथो वर्ष (सम्पर्क: ९८६३२९४४६०, उमेर: २२ वर्ष)
 ४३. शिशिर गिरी – सिभिल इन्जिनियरिङ चौथो वर्ष (सम्पर्क: ९८४८०२९०९८, उमेर: २३ वर्ष)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup