लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?

समाचार

बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी गएलगत्तै रसुवा र नुवाकोटका लागि रू एक÷एक करोड र धादिङका लागि रू ५० लाख दिने निर्णय सरकारले गरेको थियो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?

काठमाडौँ, १७ भदौः सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि रू १३ करोड ५० लाख निकासा गरेको छ । सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी गएलगत्तै रसुवा र नुवाकोटका लागि रू एक÷एक करोड र धादिङका लागि रू ५० लाख दिने निर्णय सरकारले गरेको थियो । 

त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत यही भदौ १२ गते रु छ करोड ५० लाख र १६ गते रु छ करोड ५० लाख गरी रु १३ करोड ५० लाख निकासा गरेको हो । प्राधिकरणका अनुसार रसुवाको उत्तरगया गाउँपालिकाका लागि रु एक करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकाका लागि रु दुई करोड, कालिका गाउँपालिकाका लागि रू ६० लाख र आमा छोदिङ्मो गाउँपालिकाका लागि रू ४० लाख निकासा गरिसकेको छ ।

त्यसैगरी, नुवाकोटको विदुर नगरपालिकाका लागि रू तीन करोड, बेलकोटगढी नगरपालिकाका लागि रू एक करोड ५० लाख, किस्पाङ गाउँपालिकाका लागि रू ५० लाख र तारकेश्वर गाउँपालिकाका लागि रू एक करोड निकासा गरिएको छ । त्यस्तै, धादिङका गल्छी गाउँपालिकाका लागि रू ६० लाख, सिद्धलेक गाउँपालिकाका लागि रू ४० लाख, गजुरी गाउँपालिकाका लागि रू ४० लाख र बेनिघाट रोराङ गाउँपालिकाका लागि रू ४० लाख निकासा गरिएको प्राधिकरणले जनाएको छ ।

साथै गोरखाको गण्डकी गाउँपालिकाका लागि रू ४० लाख तथा तनहुँको देवघाट गाउँपालिकाका लागि रू ४० लाख र आँबुखैरनी गाउँपालिकाका लागि रू ४० लाख निकासा भइसकेको पनि प्राधिकरणले जनाएको छ । यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म रू सात अर्ब ८८ लाख ५७ हजार २१७ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते रू एक करोड निकासा दिएपछि अब सो कोषमा रू छ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको  छ । साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup